२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षान्याम्समा खुल्यो डिएम/एमसीएचमा भर्ना

न्याम्समा खुल्यो डिएम/एमसीएचमा भर्ना


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले डिएम/एमसीएचमा भर्ना खोलेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै न्याम्सले शैक्षिक सत्र २०७६/०७७ का लागि डिएम/एमसीएच तहमा भर्ना खोलेको हो ।

न्याम्सले डिएम कार्डियोलोजीमा ३ जना, डिएम हेप्टोलोजीमा २ जना, डिएम ग्यास्ट्रोइन्ट्रोलोजीमा ३ जना, डिएम नेफ्रोलोजीमा २ र डिएम मेडिकल अंकोलोजीमा २ जनाका लागि भर्ना आवेदन मागेको छ ।

यस्तै, एमसीएच सर्जिकल ग्यास्ट्रोइन्ट्रोलोजीमा १ जना, एमसीएच युरोलोजीमा २ जना, एमसीएच न्युरोसर्जरीमा २ जना, एमसीएच प्लास्टिक एण्ड रिकन्स्ट्रक्टीभ सर्जरी ३ जना र एमसीएच थोरासिक भास्कुलर सर्जरमिा २ जना भर्नाका लागि आवेदन माग गरेको हो ।

डिएम/एमसीएचमा भर्नाका लागि आवेदन गर्न मान्यता प्राप्त शैक्षिक संस्थाबाट एमडी र एमएस वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने छ भने नेपाल मेडिकल काउन्सिलबाट विशेषज्ञ दर्ता प्रमाणपत लिएको हुनुपर्नेछ ।

न्याम्सका सेवामा रहेका चिकित्सकहरुको हकमा अध्ययन विदा पाउन योग्य र अन्यको हकमा मान्यता प्राप्त स्वास्थ्य संस्थामा कम्तिमा एक वर्ष कार्यानुभव भएको हुनुपर्नेछ । भर्नाका लागि पुस २५ गतेदेखि माघ १६ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने न्याम्सले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ