२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षामहिनावारीको गडबढी बन्न सक्छ यस्तो गम्भीर रोगको कारण

महिनावारीको गडबढी बन्न सक्छ यस्तो गम्भीर रोगको कारण


सामान्यतया महिलाहरु लामो समयसम्म महिनावारीमा गडबड देखिए पनि वेवास्था गर्ने गर्छन। तर के तपाईलाई थाहाँ छ तपाईको बानी एक गम्भीर रोगको शिकार बनाउन सक्छ। एक अध्धयनले हालैमा यस्तै एउटा दावी गरेको छ।

 

नर्थ अमेरिकन मेनोपोज सोसाइटी (एनएएमएस) का मेडिकल निदेशक स्टेफनीन फ्यूबियनको अनुसार, यदि कुनै स्त्री १४ वर्ष या त्यस अघि नै मासिक धर्म शुरु हुन्छ तब उसलाई मधुमेहको रोग लाग्ने अधिक सम्भावना हुने गर्छ। तर मधुमेह लाग्ने वा नलाग्ने भन्ने कुरा व्यक्तिको शरीरको बीएमआईमा पनि निर्भर हुने गर्छ। भिटामिन-सीले (टाइप २) मधुमेह पिडित व्यक्तिहरुको रक्तछाप कम गर्न मद्दत गर्छ जसकारण मानिसको मुटु स्वस्थ रहने एक शोधमा पाइएको छ।

 

निश्चित उमेर भन्दा अघि महिनावारीको शुरुवातमा ज्यादा जोखिम टाइप-२ मधुमेहसँग जोडिएको छ तर (बढी मास इंडेक्स (बीएमआई)ले यसको रोकथाम गर्न सक्छ। मनोपोज जर्नलमा प्रकाशित एक शोधको अनुसार मासिक धर्म आयुमा हरेक वर्षको अन्तिममा टाइप २ मधुमेहको जोखिम ६ प्रतिशत कम हुन्छ।

 

“मासिक धर्म १४ वर्षको उमेरमा शुरुवात भएपछि जीवनमा मधुमेहसँग पनि जोडिन्छ। यो वयस्कको बीएमआईबाट प्रभावित हुन्छ। बाल्यकालमा दोस्रो कारक भनेको पोषण तत्व र बीएमआईले महिनावारीमा मुख्य भूमिका निभाउने गर्छ।’ ,मेडिकल निदेशक स्टेफनीन फ्यूबियनले भने, ‘महिनावारी गडबड भएमा चुप लागेर बस्नुभन्दा स्वास्थ्य जाच गराउनु जरुरी छ।”

 

मधुमेह मात्रै नभई थाइरोइड हर्मोनको कारणले पनि महिनावारी गडबडी हुनसक्छ। महिलाले प्रयोग गर्ने गर्भनिरोधक साधनहरु नरपलान्ट, तीन महिने सुई, कपर टी प्रयोगले पनि महिनावारी गडबडी हुनेगर्छ। महिनावारी नहुने हर्मोन चक्कीको सेवनले पनि महिनावारी गडबड हुन्छ।महिनावारीको गडबढी बन्न सक्छ ।

टाइप-२ मधुमेह संसारभरमा सबैभन्दा आमरोग मध्य एक मानिन्छ। सन् २०१५ को तथ्यांक हेर्ने हो भने यसलाई वैश्विक रूपबाट २० देखि ७९को आयु ८.८ प्रतिशत मानिस प्रभावित थिए र सन् २०४०सम्म यसमा १०.४ प्रतिशत मानिस प्रभावित हुने सम्भावना छ।

  • एजेन्सीको सहयोगमा

क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ