२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षायसकारण हातैले खानुहोस खानेकुरा

यसकारण हातैले खानुहोस खानेकुरा


सामान्यतयाः तपाईले खाना खाँदा चम्चा कत्तिको प्रयोग गर्नुहुन्छ ? यदि चम्चा प्रयोग गर्नुहुन्न भने त्यसमै सन्तुष्टि लिनुहोस् । किनकी, चम्चाले भन्दा हातले खाँदा स्वास्थ्यलाई धेरै फाईदा हुन्छ । हातले खाना खाँदा तपाईको पेटमात्र भरिदैन, यसले दिमाग र आत्मा पनि भरिने धारणामा अधिकांश भारतीय विश्वास गर्छन् । अझ दक्षिण भारतका मानिसहरु त पिर्कामा बसेर केराको पातमाथि खानेकुरा राखेर खान्छन् ।

आर्युवेद अनुसार, हाम्रो हातका पाँचै औला पन्च तत्वसँग सम्बन्धित छन् । आर्युवेदले बुढी औलालाई आकाश मान्छन् । चपाउन नसक्ने उमेरका कतिपय साना बालबालिकाहरु बुढी औला चुस्छन् । यो पाचन प्रणालीलाई सहयोग गर्ने एउटा प्राकृतिक तरिका हो । आयुर्वेद तथा संस्कृत धर्मको अनुसार, चौर औलाले वायुको प्रतिनिधित्व गर्छ भने माँझी औला आगो हो । त्यस्तै, साँहिली औलालाई यस क्षेत्रमा पृथ्वी मान्छन्, भने कान्छी औलालाई पानी ।

यसरी पाँच तत्वको प्रतिनिधित्व गर्ने यी औलामध्ये कुनै औला असन्तुलन भएमा शरीरमा विभिन्न रोग लाग्छ । जब हामी खाना खान्छौ, त्यतिबेला पाँचै औला ठ्ड्याउछौ । तसर्थ खाना खाँदा पाँचै औला प्रयोग भयो भने पाँचै तत्व पाउछौ ।

तपाईमा पाचनको समस्या छ, भने हातले नै खाने बानी बसाल्नुहोस् । किनकी औंलाको टुप्पोले शरिरमा संवेदना ल्याँउछ । औलाले खानेकुरा छोएको क्षणमा दिमागले पनि पेटलाई हामी खाना खादै छौ है भन्ने संकेत गर्छ । तसर्थ, पेटलाई पनि अब खानेकुरा पचाउनुपर्छ भन्ने तयारी अवस्थामा राख्छ ।

जर्नल क्लिनिकल न्युट्रेसनमा प्रकाशित एक पछिल्लो अध्ययनअनुसार टाईप टु डायबिटिजका रोगीहरु अन्य सामान्य व्यक्ति भन्दा चाँडो खाने र टोक्नुपर्ने फलफुल पनि काटेर खान्छन् । तपाईको पनि चाँडो खाने बानी छ भने आजै देखि खाने बानी सुधारर्नुहोस । हातको चाल हेरेर खाँदा पनि तपाईको बानी सुध्रिन सक्छ । हातले खाँदा थोरै खानाले पनि तपाई अघाउनुहुन्छ, जुन चम्चाबाट सम्भव छैन । तर, हातले खानु भन्दाअगाडि एक पटक आफ्नो नङ र औला हेर्न भने नबिर्सनुस नि !

– एजेन्सीको सहयोगमा 


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ