२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षायी लक्षण देखा परेमा महिलामा क्यान्सरको जोखिम उच्च रहन्छ

यी लक्षण देखा परेमा महिलामा क्यान्सरको जोखिम उच्च रहन्छ


पुरुषको तुलनामा महिलाहरु आफ्नो स्वास्थ्यको सवालमा निकै चनाखो हुने गर्छन् । तर केही महिलाहरुले भने आफूलाई के हुदैछ भन्ने बारेमा खासै चासो दिएको पाइदैन । कतिपय महिलाहरु शरीरमा केहि लक्षण देखा परेमा पनि सामान्य लिएर वेवास्था गर्छन। हामीले वेवास्था गरेको लक्षण खतरनाक रोगको पनि हुन् सक्छ। त्यसैले जति चाँडो समस्या पहिचान हुन्छ, त्यति नै छिटो रोगको उपचार हुने सम्भावना हुन्छ ।

हामी कुरा गर्दै छौ प्राणघातक रोग क्यान्सर बारे। प्रारम्भिक चरणमा नै पहिचान गर्न सकेमा विभिन्न प्रकारका क्यान्सरको उपचार गर्न सकिन्छ । तसर्थ कुनै पनि ब्यक्तिमा कुनै पनि समस्या दिर्घकालीन रुपमा नरहोस् र समस्या देख्नु अगाडि नै छिटो त्यस समस्याको पहिचान गरी बेलैमा सजग रहन विशेष गरेर कस्ता लक्षण महिलामा क्यानसर देखिन सक्ने लक्षण हो भन्ने विषय सम्बन्धि प्रस्ट पार्दैछौ ।

१. अस्वभाविक रुपमा तौल घट्नु:

अस्वभाविक तौल घट्नु पनि क्यान्सरको एउटा लक्षण हो । विना व्यायायम तौल घटाउन पाउदा कतिपय महिला मख्ख हुन्छन् । तर, डाईटिङ वा व्यायायमबिना तौल घट्छ भने यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । क्यान्सरको कोषले शरिरको उर्जा खपत गरिदिन्छ, जसका कारण तौल घट्छ । तसर्थ निरन्तर तौल घटिरहेको छ भने चिकित्सकको परामर्श लिनुपर्छ ।

२. पेट फुल्ने (ब्लोटिङ):

रजस्वलाको समयमा प्राय महिलाले तल्लो पेट हल्लिएको अनुभूति गर्छन । तर, दिनहुँ जसो यो समस्या देखियो र लामो समय लम्बियो भने तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ । अन्डासयमा क्यान्सर हुँदा ब्लोटिङ र पाचनसँग सम्बन्धित समस्या देखिन्छ । तपाईले खाना नखादा पनि पेट डम्म फुल्ने वा तारन्तार पिसाब आईरहन्छ । यस्तो लक्षण देखिएमा चिकित्सकले सिटी स्क्यान र रगत परीक्षण गर्न सुझाब दिन्छन् ।

३. स्तनको आकार परिवर्तनः

महिलाको स्तनमा गिर्खा वा घाउ देखिएमा नियमित रुपमा परीक्षण गर्न चिकित्सकहरुले सल्लाह दिदै आएका छन । तर, स्तनको आकार परिवर्तन हुनु पनि क्यान्सरको लक्षण हो । छातीमा रातो विमिरा र स्तनको छालो बालो हुँदै जानु पनि यो क्यान्सरको लक्षण हो । स्तनको गिर्खा एक महिनासम्म पनि जादैन बरु निरन्तर बढिरहन्छ भने स्तन क्यान्सरको लक्षण हो ।

४. छाला परिवर्तनः

छालाको क्यान्सरलाई अमेरिकामा साझा क्यान्सरको रुपमा लिइन्छ । छालामा देखिने कोठी, छालाको रंगमा अनियमितता, छालामा अनावश्यक रुपमा बिमिरा, रगत छालाको क्यान्सरका लक्षण हुन् ।

५. निल्न गाहो हुनेः

कुनै पनि खाना खाँदा निल्न गा¥हो हुनु पेट तथा आन्द्राको क्यान्सर हो । यस्तो लक्षण थाहा पाएपछि चिकित्सकले छातीको एक्सरे तथा इन्डोस्कोपी गर्नुपर्छ ।

६. गलत ठाउँमा रगत देखा परे:

अन्य समयमा देखिरहेको ठाउँभन्दा अन्य ठाउबाट रगत देखिएमा चिकित्सकलाई तुरुन्त खबर गर्नुपर्छ । दिशामा रगत बहेको जस्तै रगत बगेमा यो हेमोर्राेइडे वा यो कोलोनको क्यानसरको लक्षण हुन सक्दछ । यस समयमा चिकित्सकले कोलोनोस्कोपी परीक्षणको निम्ति सुझाव दिने गर्छ । महिनावारीको दौरानमा पिसाबमा रगत देखिनु स्वभाविक भएता पनि यो मुत्राशय तथा किड्नीको क्यान्सरको लक्षण समेत हुनसक्छ । तसर्थ यस्ता विषयको बारेमा चिकित्सक संग खुलेर कुरा गर्नुपर्दछ ।

७. अस्वभाविक पेटको दुखाई तथा डिप्रेशनः

कुनै पनि महिलामा डिप्रेशन संगसंगै अस्वाभाविक रुपमा पेटको दुखर्ई हुनुलाई प्यान्क्रियटिक क्यान्सरका लक्षण मानिन्छ । शुरुका दिनहरुमा यसरी मानसिक र शारीरिकसंगैे असह्य पिडा दिने लक्षण पहिलो पटकमा नै सजिलै थाहा पाउन सकिदैन । त्यसैकारण पनि हामीले सम्बन्धित समसयाको निम्ति चिकित्सकलाई भेट्नु पर्छ ।

८. महिनावारीको दौरानमा अस्वभाविक रक्तश्राव भएमा:

महिनावारीको दौरान समान्य रुपमा रक्तश्राव हुनुलार्य सामानय मानिन्छ । तर, नियमित रुपमा भन्दा बढि रक्तश्राव भएमा भने यसप्रति कुनै पनि महिलाले यसलाई गम्भीरमा ख्याल राख्नुपर्ने हुन्छ । एन्डोमट्रियल क्यान्सरको प्रारम्भिक लक्षण तथा संकेतको रुपमा रहेको यस्ता अवस्थाहरु महिनावारीको बीचमा देखिन सक्छन् । यति मात्र नभई महिलामा देखिने यस्ता लक्षण कोलस्टोर तथा पाचन प्रणालीको संकेत समेत हुने विज्ञहरुको भनाई रहेको छ ।

९. अपाच्य प्रकृयाः

महिलामा विशेषगरी हेभी खाना अर्थात् गर्भवतीको समयमा खाना अपच हुने समस्या देखा पर्दछ । तर, पछिल्लो पटक गरिएको एक अध्ययनले महिलामा देखा पर्ने यसतो समस्या पेट, अन्न–नली तथा घाँटीको क्यान्सरकोे पहिलो चरण हुने कुरा पत्ता लगाएको छ, ।

१०. मुखको आकारमा परिवर्तन:

मुखभित्रको प्याच तथा जिब्रोमा सेतो भागहरु देखा पर्नु क्यान्सरको अग्रीम संकेत हुन सक्ने विज्ञहरुको भनाई रहेको छ । यस्ता परिर्वन धुम्रपान गर्ने समुहहरुमा सामान्य रहेता पनि अन्य ब्यक्तिहरुमा भने यो खताराको विषहुन सक्छन् । परिवर्तन देखिएका यस्ता पक्षलाई बेवास्ता गरिए कालान्तारमा गएर यसले ब्यक्तिमा मुखको क्यानसर निम्त्त्याउन सक्ने भएकोले यस्ता परिवर्तित पक्षहरु प्रति सदैव सजग रहन सुझाव समेत विज्ञहरुले दिएका छन् ।

११. दुखाई:

असह्य तथा ब्यक्त गर्न नसकिने दुखाई पनि क्यान्सरको लक्षण हुन सक्छन् । यस्ता दुखाई धेरै नभएता पनि दिर्घ रुपमा कुनै कारण तथा ज्ञातबिना नै दुखाईको महशुस हुने गर्छ भने त्यस्ता समस्याको बारेमा तुरुन्त चिकित्सकलाई जानकारी गराउनु उचित रहन्छ ।

१२. घाँटीको लिम्फ नोड तथा काखीमुनि आउने परिवर्तनः

घाँटीको लिम्फ नोड तथा काखीमुनि विस्तारै गाँठाहरु आई आउने परिवर्तन पनि क्यानसरको संकेत हुन सक्छन् । यदि १ महिनाभन्दा लामो समयसम्म गाँठो देखा परी यसको आकारमा वृद्धि भई असहज महशुस गराउन थालेमा भने उक्त ब्यक्तिले तुरन्त चिकित्सकको पामर्श लिनु पर्द छ ।

१३. ज्वरो:

शरीरमा कुनै पनि किसिमको अपरझट परिवर्तन तथा दुखाई भएमा ब्यक्तिमा तुरुन्त ज्वरो देखा पर्ने हुन्छ । र, यसलाई सामान्य अवस्थाको रुपमा लिइन्छ । तर, कुनै पनि ब्यक्तिमा अनएक्सल्पेन तथा विभिन्न फ्लुहरुको माध्यमबाट आएको ज्वरो भने ब्यक्तिमा क्यान्सरको संकेत हो । लेउकेमायस तथा लिम्फोमसजस्ता केहि ब्लड क्यानसर पुर्वको साझा लक्षण भनेको ब्यक्तिमा ज्वरो आउनु हो । शरीरको एक निश्चित भागबाट क्यानसर अन्य भागतर्फ फैलने क्रममा ब्यक्ति,मा ज्वरो देखा पर्छ । यसका साथै ब्यक्तिमा जडिस देखा परी दिशाको रंगमा समेत परिवर्तन (पहेंलो हुुनु) देखा पर्छ । तसर्थ यस्तो समयमा पनि तुरुन्छ चिकित्ससंग परामर्श लिनु पर्छ ।

१४. थकानः

थकान धेरै किसिमका रोग तथ समसइाहरुको लक्षण हो । यसैगरि यो लेउकेमिया तथा अन्य पेटका विभिन्न्न भागहरुको क्यानसरका पनि पुर्व संकेत हो । तसर्थ बिना कारण अकस्मात् ब्यक्तिमा थकानको महशुस भएमा यसबारे प्रत्येक ब्यक्तिले आफ्नो चिकित्सकसंग कुरा गर्नुपर्छ ।

एजेन्सीको सहयोगमा

 


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ