२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपढाइ पूरा भएको तीन महिनामा नेपाल नफर्किए चिकित्सकको भिषा रद्ध

पढाइ पूरा भएको तीन महिनामा नेपाल नफर्किए चिकित्सकको भिषा रद्ध


काठमाडौ–नेपाल सरकारसंग सम्झौता गरी विदेश अध्ययनमा गएका चिकित्सकले अध्ययन पुरा भएको तीन महिना भित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पर्कमा आउनुपर्ने बाध्यात्मक नियम बनाइएकाे छ । मन्त्रालयकाे सम्पर्कमा आएकाे एक देखी दुइ वर्ष सम्म नेपालमै अनिवायर्य काम गर्नुपर्ने व्यवस्था पनि राखिएकाे छ ।

सरकार संगकाे सम्झाैता उल्लंघन गरी  मन्त्रालयको सम्पर्कमा नआउने विद्यार्थीको परराष्ट्रि मन्त्रालय मार्फत भिषा रद्धको गरीने भएको छ । अमेरीका लगायत विकसित मुलुकमा अध्ययनकोलागि सरकारको आवश्यकताको पत्र लैजादा पढाइ सकेपछि फर्कीएर दुइ वर्ष सरकारले तोकेको स्थानमा काम गर्ने सम्झौता गर्ने तर फर्केर नआउने प्रवृति बढेपछि स्वास्थ्य मन्त्रालयले नया कार्यविधी जारी गरेको हो ।

नयाँ कार्यविधीले तोकिएको सम्झौता अनुसार फर्किएर नआउने विद्यार्थीलाइ मात्र नभएर उसको नेपालमा रहेका अभिभावकलाइ समेत वाधेको छ । अवश्यकताको पत्र लिन आउदा अभिभावक संगै लिएर आउनुपर्ने बाध्यात्मक व्यवस्था राखिएको छ । जसले गर्दा अभिभावलाइ पनि आफ्नो सन्तानलाइ पढाइसकेपछि नेपाल नैतिक दवाव पर्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको बुझाइ छ ।

मन्त्रालयले संयुक्त राज्य अमेरिका लगायतका विकसित मुलुकहरुमा फेलोसिपमा अध्ययन गर्न जाने नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको लागि आवश्यकताको पत्र जारी गर्ने सम्बन्धमा तयार गरेको स्तरीय कार्य संचालन कार्यविधी २०७६ ले अध्ययन सकेको तीन महिना भित्र मन्त्रालयमा अनिवार्य सम्पर्क राख्नुपर्ने बाध्यत्कम व्यवस्था गरेको हो ।

यस अघि पनि सरकारको आवश्यकता पत्र लिएर विदेश पढ्न जाने चिकित्सकले पढाइ सकेपछि दुइ वर्ष सरकारी सेवामा काम गर्नुपर्ने उल्लेख थियो । तर फर्किएर नआए के गर्ने भन्ने कानुन नभएका कारण अधिकंस विदेशमै बस्ने गरेका छन् ।
के छ नयाँ कार्यविधीमा ?
नया कार्यविधीमा आवश्यकताको पत्र चाहाने चिकित्सक तथा स्वास्थ्यकर्मीले नेपालमा कम्तीमा एक वर्ष सेवा गरेको हुनुपर्ने ।

छात्रावृत्तिमा अध्ययन गरेको हकमा छात्रवृत्ती सेवा करार पूरा गरेको हुनुपर्ने ।

नेपाल भित्र नै अध्ययन हुने विषय/विधा वा तालिमकोलागि आवश्यकताको पत्र उपलब्ध नगराउने । नेपालमा नभएका विषयको सूची

चिकित्सा शिक्षा आयोग, सम्बन्धीत पेशागत काउन्सिल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधी सम्मीलित समितिले प्रत्येक वर्ष सार्वजानीक गर्ने । सो सूची तयार नभएसम्म आवश्यताको पत्र जारी नगर्ने ।

आवश्यकताको पत्र जारी गर्ने निवेदन पेश गर्दा निवेदक र नेपाल स्थायी बसोवास गर्ने अभिभावक स्वयं उपस्थित हुुपर्ने ।

आवश्यकताको पत्र लिइ अध्ययन गर्न गएको व्यक्तिले अध्ययन सकिएको तीन महिना भित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफु फर्किएको सूचना दिनुपर्ने ।

त्यसरी फर्कीएको चिकित्क या स्वास्थ्यकर्मीले काठमाडौ उपत्यकामा काम गर्ने भए कम्तीमा २ वर्ष र उपत्यका बाहीर जानेको हकमा १ वर्ष सरकारी, निजी या गैर सरकारी क्षेत्रमा सेवा दिनुपर्ने छ ।

आवश्यकताको पत्र लिइ अध्ययन गर्न गएको व्यक्तिको नाम, थर, नेपालको ठेगना, राहादानी नम्बर, अभिभावकको नाम र ठेगना,

अध्इयन गर्ने शिक्षण संस्थाको विवरण, अध्ययन गर्ने विषय र अध्ययन समाप्त हुने मिति खुलेको विवरण वेवसाइडमा राख्ने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग नेपाल फर्कने कबुलियत गरेको व्यक्ति तोकिएको अवधि भित्र नेपाल नफर्कीए परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित देशको दूतावासमा पत्रचार गरी नेपाल फर्काउनकालागि कानुनी प्रकृया थाल्ने ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ