२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशवीरेन्द्रनगरमा राहतका लागि सम्पर्क गर्न दुई वटा नम्बर खुल्ला

वीरेन्द्रनगरमा राहतका लागि सम्पर्क गर्न दुई वटा नम्बर खुल्ला


सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले राहतको लागि २ वटा नम्बर खुला गरेको छ । ‘कोभिड-१९’ को महामारीलाई ध्यानमा राख्दै नगरले यस अघि राहतकालागि सम्पर्क नम्बर १०१ सञ्चालन गरेको थियो । उक्त १०१ नम्बर मा राहतको लागि नाम टिपाउनका लागि अत्याधिक कल आउने गरेको र फोन धेरै बिजि हुन्छ भन्ने गुनाशो आउन थाले पछि मंगलबार देखि अर्को नम्बर सुरु गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले राहतका लागि नाम टिपाउन ०८३–५२०१४४ नम्बर थप गरेको जानकारी दिएको छ । अब राहातका लागि नागरिकले नगरले सञ्चालन गरेको दुई वटा नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ