गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ २१ दिनसम्म पनि पिसिआरको रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनमा बसेका घर फर्किए २१ दिनसम्म पनि पिसिआरको रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनमा बसेका घर फर्किए चन्द्रा कँडेल बिहीबार, २०७७ असार ४ गते, ०९:०६ मा प्रकाशित सुर्खेत – दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ८ को एक क्वारेन्टाइनमा बसेका मानिसहरु प्रशासनलाई अटेर गर्दै आ–आफ्नो घर फर्किएका छन् । क्वारेन्टाइनमा बसेको २१ दिनसम्म पनिपरीक्षणको रिपोर्टको टुङ्गो नलागे पछि उनीहरुले स्थानीय प्रशासनलाई अटेर गर्दै आ–आफ्नो घर गएका हुन । वडा नम्बर ८ को जनज्योती आधारभूत विद्यालय मदन चौरमा बसेका ३३ जना बुधबार आफ्नो घर गएका बताइएको छ । २१ दिन अघि भारतको विभिन्न क्षेत्रबाट घर फर्केका उनीहरुलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । बुधबार उनीहरुले वर्षायाम सुरु भइसकेको आफ्नो खेतबारी बाँझो रहने अवस्था आएको भन्दै क्वारेन्टाइनबाट वडा अध्यक्ष, नगर प्रहरी, स्वास्थ्यकर्मीलाई अटेरी गर्दै आ–आफ्नो घर गएका हुन । उनीहरुलाई जति रोक्ने प्रयास गरेपनि उनीहरुले अटेरी गरेर घर गएको वडा नम्बर ८ का वडा अध्यक्ष विर बहादुर शाहीले जानकारी दिए । ‘कुल ३४ जनाको ७ दिन पहिले आरडिटि चेक गरेका थियौँ । ती मध्ये एक जनाको पोजेटिभ आए पछि उनको तत्काल विन्द्रासैनी स्वास्थ्यचौकीमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’ ,वडा अध्यक्ष शाहीले भने, ‘आरडिटि परीक्षण लगत्तै ५ दनि अघि पिसिआरको लागि नमुना संकलन गरेर लगिएको छ । तर हालसम्म नतिजा नआएपछि उहाँहरु जानु भएको हो ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू