गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ २१ दिनसम्म पनि पिसिआरको रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनमा बसेका घर फर्किए २१ दिनसम्म पनि पिसिआरको रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनमा बसेका घर फर्किए चन्द्रा कँडेल बिहीबार, २०७७ असार ४ गते, ०९:०६ मा प्रकाशित सुर्खेत – दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ८ को एक क्वारेन्टाइनमा बसेका मानिसहरु प्रशासनलाई अटेर गर्दै आ–आफ्नो घर फर्किएका छन् । क्वारेन्टाइनमा बसेको २१ दिनसम्म पनिपरीक्षणको रिपोर्टको टुङ्गो नलागे पछि उनीहरुले स्थानीय प्रशासनलाई अटेर गर्दै आ–आफ्नो घर गएका हुन । वडा नम्बर ८ को जनज्योती आधारभूत विद्यालय मदन चौरमा बसेका ३३ जना बुधबार आफ्नो घर गएका बताइएको छ । २१ दिन अघि भारतको विभिन्न क्षेत्रबाट घर फर्केका उनीहरुलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । बुधबार उनीहरुले वर्षायाम सुरु भइसकेको आफ्नो खेतबारी बाँझो रहने अवस्था आएको भन्दै क्वारेन्टाइनबाट वडा अध्यक्ष, नगर प्रहरी, स्वास्थ्यकर्मीलाई अटेरी गर्दै आ–आफ्नो घर गएका हुन । उनीहरुलाई जति रोक्ने प्रयास गरेपनि उनीहरुले अटेरी गरेर घर गएको वडा नम्बर ८ का वडा अध्यक्ष विर बहादुर शाहीले जानकारी दिए । ‘कुल ३४ जनाको ७ दिन पहिले आरडिटि चेक गरेका थियौँ । ती मध्ये एक जनाको पोजेटिभ आए पछि उनको तत्काल विन्द्रासैनी स्वास्थ्यचौकीमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’ ,वडा अध्यक्ष शाहीले भने, ‘आरडिटि परीक्षण लगत्तै ५ दनि अघि पिसिआरको लागि नमुना संकलन गरेर लगिएको छ । तर हालसम्म नतिजा नआएपछि उहाँहरु जानु भएको हो ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए सुर्खेतका औषधि व्यवसायी आन्दोलित सल्यानमा निःशुल्क आँखा शिविरः सात सयभन्दा बढी लाभान्वित दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम ६ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल ७ विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा कोभिड अलर्ट : साउदी अरबले लगायो १६ देशको यात्रामा प्रतिबन्ध विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटीबीच सहकार्य नेपाली डाक्टर रवीन्द्र विश्व स्वास्थ्य संगठन कुष्ठरोग कार्यक्रमको सल्लाहकार नियुक्त नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा कोभिड अलर्ट : साउदी अरबले लगायो १६ देशको यात्रामा प्रतिबन्ध विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटीबीच सहकार्य नेपाली डाक्टर रवीन्द्र विश्व स्वास्थ्य संगठन कुष्ठरोग कार्यक्रमको सल्लाहकार नियुक्त