२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशट्राभल हिस्ट्री नभएकामा कोरोना देखिएपछि सल्यानमा वडा सिल

ट्राभल हिस्ट्री नभएकामा कोरोना देखिएपछि सल्यानमा वडा सिल


सल्यान ­-सल्यानमा पहिलो पटक ट्राभल हिस्ट्री नभएकामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका—५ मा पहिलो पटक ट्राभल हिस्ट्री नभएका एक जनामा कोरोना पुष्टि भएको हो ।

ट्राभल हिस्ट्री नभएकामा कोरोना संक्रमण देखिएपछि छत्रेश्वरी गाउँपालिकाले वडा न ५ सिल गरेको छ ।

शनिबार बिहान ५ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्मको लागि वडा सिल गरिएको जनाएको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्न वडा सिल गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिए ।

वडा नंं. ५ अन्र्तगत पर्ने सम्पूर्ण क्षेत्रहरुमा अत्यावश्यक सेवा र साधनहरु बाहेकका सम्पूर्ण सवारी साधन, पसल व्यवासाय सञ्चालन तथा हिडडुलमा समेत पूर्ण निषेध गरिएको गाउँपालिकाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सल्यानमा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय पुगेको छ । संक्रमितमध्ये २ सय ५७ जना निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ