२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर साढे पाँच हजारभन्दा बढी नमुना होल्डमा

देशभर साढे पाँच हजारभन्दा बढी नमुना होल्डमा


काठमाडौं—कोभिड—१९ प्रयोगशालाले समयमा रिपोर्ट दिन नसक्दा बाँच्न सक्ने बिरामीहरु पनि साधारण उपचारसमेत नपाएर मर्ने अवस्थामा पुग्न थालेका छन् । मुलुकभरका प्रयोगशालामा पिसिआर परीक्षणका लागि संकलन गरिएको नमुना (स्याम्पल)  क्षमताभन्दा बढी भएपछि रिपोर्ट आउन समय लाग्न थालेको अधिकारीहरुले बताएका छन् ।

२४ देखि ३६ घण्टा भित्र रिपोर्ट दिन सक्छौं भनेका प्रयोगशालाहरुले एक हप्तासम्म पनि रिपोर्ट दिन सकेका छैनन् । हाल देशभर ५ हजार नमुना प्रयोगशालामा होल्ड भएर बसेका छन् ।

मापदण्डभन्दा बाहिर गएर स्थानीय तहले नमुना संकलन गर्दा परीक्षण गर्नैै नसक्ने गरी थुप्रिएको मन्त्रालयका अधिकारी बताउँछन् । केन्द्रीय प्रयोगशालाकी निर्देशक डा. रुणा झाले केन्द्रिय प्रयोगशालामा २ हजारभन्दा बढी नमुना होल्ड भएर बसेको बताइन् । केन्द्रीय प्रयोगशालाले दैनिक १५ सय बढी नमुना परीक्षण गर्दै आएको छ । अहिले देशभर २० वटा कोभिड प्रयोगशाला संचालनमा छन् ।

कोरोना जाँच गर्न प्रभावित देशबाट आएको हुनुपर्छ । उसलाई १०४ डिग्री निरन्तर ज्वरो, सुख्खा खोकी, जोर्नी दुख्ने, संक्रमितको सम्पर्कमा रहेका व्यक्ति, ६० वर्ष माथिका वृद्धवृद्धा त्यसमा पनि बिरामी भएकाको मात्रै कोरोना जाँच गरिन्छ । तर, यो मापदण्डभन्दा बाहिरका व्यक्तिको बढी नमुना संकलन भएपछि नमुना परीक्षणमा समस्या आएको हो ।

प्रयोगशालामा माइनस ४ डिग्री सेन्टिग्रेडमा राखेको नमुना ७२ घण्टाभित्र परीक्षण गरिसक्नुपर्छ । माइनस ८० डिग्री सेन्टिग्रेडमा भने जति समय पनि राख्न सकिने प्रयोगशालाकी निर्देशक डा झाले बताइन् । स्रोतका अनुसार वीर अस्पताल र पाटन अस्पतालले परीक्षणमा खुलेर सहयोग नगरेको बुझिएको छ ।

कुन प्रदेशमा कति छन् स्याम्पल पेण्डिङ

प्रदेश  पेण्डिङ  स्याम्पल
प्रदेश १ ६००
प्रदेश २ ५०
बाग्मती प्रदेश ३०००
गण्डकी प्रदेश ५०
प्रदेश ५  ७००
कर्णाली प्रदेश ४५०
सुदूरपश्चिम १०००
जम्मा ५८५०


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ