२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिनमा थपिए १ सय ५६ जना संक्रमित, मृतकको संख्या ५ पुग्यो

एकैदिनमा थपिए १ सय ५६ जना संक्रमित, मृतकको संख्या ५ पुग्यो


काठमाडौं—नेपालमा थप १५६ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाकाअनुसार पछिल्लो २४ घण्टाभित्र कोरोना पोजेटिभ देखिनेहरुमा रौतहटका २० जना, दैलेखका ८ जना, झापाका २५ जना, सुर्खेतका १३ जना, धनुषा २९, सर्लाहीका ७ जना, महोत्तरीका १७, सप्तरीका १४ जना, सिरहा ६, स्याङ्जाका ३ जना, दोलखाका २ जना, कैलालीमा २ र बर्दियामा ३ जना बाँकेमा १ जना, दार्चुलाका १ जना, मकवानपुरको हेटौँडामा १ जना,बझाङका १ जना, सोलुखुम्बुका १  र नवलपरासी पूर्वका १ जना रहेका छन्।

नेपालमा एकैदिन यति धेरैमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो । पछिल्लो समय नेपालले कोरोना परीक्षण प्रयोगशालाको संख्या र परीक्षणको दायरा बढाएसँगै कोरोना संक्रमित पुष्टि हुने संख्या पनि बढिरहेको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । जसमध्ये १ सय ८७ जना निको भएका छन्। संक्रमितहरुमा पुरुष ९४० जना र महिला १०२ जना छन् । हालसम्म देशका ५१ जिल्लामा संक्रमण देखिएको छ । ललितपुरका ५६ वर्षीय कोरोना संक्रमित पुरुषको गएको बुधबार किष्ट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएसँगै नेपालमा मृतकको संख्या ५ पुगेको छ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ