२०८२ असार ३१, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिसिटीभी फुटेज उपलब्ध गराउनुपर्ने माग गर्दै नेपाल मेडिकल कलेजका चिकित्सक आन्दोलित

सिसिटीभी फुटेज उपलब्ध गराउनुपर्ने माग गर्दै नेपाल मेडिकल कलेजका चिकित्सक आन्दोलित


काठमाडौं—सिसिटीभी फुटेज उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दैं नेपाल मेडिकल कलेजका चिकित्सकहरु आन्दोलित बनेका छन् । बुधबार बिरमीको मृत्युपछि आक्रोशित आफन्तले ड्युटीमा रहेका दुई जना चिकित्सकहरुमाथि हातपात गरेका थिए ।

उक्त घटनाको सिसिटीभी फुटेज ७२ घण्टाभित्र उपलब्ध गराउन उनीहरुले मेडिकल कलेजको अस्पताल प्रशासनसँग माग गरेका छन् । अस्पताल निर्देशकलाई मागपत्र बुझाउँदै आवासीय चिकित्सक, मेडिकल अफिसर र इन्टर्न चिकित्सकहरुले यस्तो माग गरेका हुन् ।

‘सिसिटिभी फुटेज उपलब्ध गराउनेबारे (हिजोको मिति १५ जेठ २०७७ विहान ६ बजेटबाट ७२ घण्टाभित्र उपलब्ध गरिसक्नुपर्ने,’ आन्दोलित चिकित्सकहरुको पहिलो मागमा भनिएको छ । यस्तै, उक्त सिसिटीभी फुटेज मेट्ने व्यक्तिलाई कारवाही गर्नुपर्ने वा निजले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग पनि आन्दोलनमा उत्रिएका चिकित्सकहरुको छ ।

यदि सिसिटीभी फुटेज मेट्ने व्यक्ति नभेटिएमा सिसिटीभीसँग सम्बन्धित व्यक्तिले राजीनामा गर्नुपर्ने माग पनि उनीहरुले अगाडि सारेका छन् । चिकित्सकहरुले जेल विद आउट बेलको माग गर्दै अहिले धम्की आइरहेको भन्दैं सुरक्षाको प्रत्याभूति गर्न समेत माग गरेका छन् । यदि आफूहरुका माग सम्बोधन नभएमा काममा फर्कन नसक्ने चिकित्सकहरुले जनाएका छन् ।

सिसिटीभी फुटेज मेटाएको भन्दैं आक्रोशित चिकित्सकहरुले ‘प्रमाण चोर, हस्पिटल छोड’ भन्दैं नाराबाजी समेत गरेका छन् ।


भिडियो हेर्नोस 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ