२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक चिकित्सक एक स्वास्थ्य संस्थाः प्रदेश सदरमुकामका अस्पतालबाट सुरु गर्ने तयारी

एक चिकित्सक एक स्वास्थ्य संस्थाः प्रदेश सदरमुकामका अस्पतालबाट सुरु गर्ने तयारी


काठमाडौँ -सरकारले एक चिकित्सक /स्वास्थ्यकर्मी कार्यक्रम प्रदेश सदरमुकामा रहेका सरकारी अस्पतालबाट सुरु गर्ने तयारी गरेको छ । आर्थिक  वर्ष २०७७-०७८ को बजेट भाषणमा परेको उक्त कार्यक्रम कार्यन्वयन गर्न असार १२ गते  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मस्यौदा तर्जुमा समिति गठन गरेको थियो ।

समितिको शुक्रबार बसेको पहिलो बैठकमा प्रदेश सदरमुकाममा रहेका या केन्द्रिय सरकारी अस्पतालबाट कार्यक्रम सुरु गर्न सकिने विषयमा छलफल भएको समितिका सदस्य सचिव माधव प्रसाद लम्सालले जानकारी दिए । ‘शुक्राबार बसेको पहिलो बैठकमा कार्यक्रम लागु गर्न सकिने आधारहरुको बारेमा प्रारम्मीक छलफल भयो ।’ ,उनले भने, ‘प्रदेश सदरमुकामा रहेका सरकारी अस्पतालबाट पनि सुरु गर्न सकिने विषयमा पनि छलफल भएको थियो ।’

बैठकमा सहभागी मेडिकल काउन्सिलका रजिष्टार डा. कृष्ण अधिकारीले लागु गर्न सकिने संरचना भएका अस्पतालहरुबाट सुरु गर्दा दिर्घकालिन हुन सक्छ भन्ने विषयमा छलफल भएको बताए । उनले यो कार्यक्रम सुरु गर्नका लागि यस अघि भए गरेका कामहरु संकलन गरी तिनिहरुको पनि अध्ययन गर्ने सहमती भएको जानकारी दिए ।

पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीका पालामा एक चिकित्सक एक स्वास्थ्य स‌स्था भनेर कार्यक्रम सुरु नगरेता पनि विस्तारित स्वास्थ्य सेवाको नाममा यस्तै कार्यक्रम  मन्त्रिपरिषदबाट पारीत भएको थियो । सो कार्यक्रम केही अस्पतालहरुले आंशिक रुपमा कार्यन्वयन गरेका छन् ।

आगामी बजेटमा सरकारको प्रथमिकताको परेको यो कार्यक्रम पहिलो चरणमा काठमाडौँ बाहिरबाट सुरु गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । बैठकमा सहभागी  एक अधिकारीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो कार्यक्रम यस बर्ष प्रदेश सदरमुकामा रहेका अस्पतालबाटै सुरु गर्ने गरी प्रस्ताव ल्याएको हो । प्रदेश सदरमुकाममा केन्द्रिय र प्रदेश दुवै तहका अस्पताल भएको हुँदा कार्यक्रमको कुन अस्पतालमा बढी प्रभावकारी हुन्छ भन्ने कुरा मुल्यांकन गर्न सहज हुने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको जिकिर रहेको थियो ।

‘एक चिकित्सक एक स्वास्थ्य संस्था अनिवार्य गराउनुपर्ने अवस्था काठमाडौँमा पनि छ ।’ ,ती अधिकारीले भने, ‘तर काठमाडौँ बाहिरलाई बढी  प्रथमिकतामा राखिने जस्तो देखिन्छ ।’

बैठकमा मस्यौदा तर्जुमा समितीका संयोजक डा. गुणराज लोहोनी, मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, रजिष्टार डा. कृष्ण अधिकारी, सरकारी चिकित्सक संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे, महासचिव डा. रविन खड्का, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, नर्सिङ्ग संघबाट कल्पना श्रेष्ठ, एन एस आइका प्रतिनिधि डा. कासिम शाहा उपस्थित थिए ।

७ वटा प्रदेश सदरमुकाम मध्ये २ वटा संघ अन्तरगतका अस्पताल रहेका छन् भने ५ वटा प्रदेश अस्पताल रहेका छन् । जसमा कोशी अस्पताल विराटनगर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल पोखरा संघ अन्तरगतका हुन् । त्यसैगरी, जनकपुर अस्पताल, जनकपुर, हेटौँडा अस्पताल, हेटौँडा, लुम्विनी अस्पताल, बुटवल, सुर्खेत अस्पताल, सुर्खेत र सेती अस्पताल, धनगढी प्रदेश अस्पताल रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #एक चिकित्सक एक स्वास्थ्य संस्था, #डा गुणराज लोहोनी, #डा भगवान कोइराला, #सरकार


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ