२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित

प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित


काठमाडौं—प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि नेकपाको सचिवालय बैठक स्थगित भएको छ । बिहीबार बोलाइएको बैठक ओली अस्वस्थ भएपछि स्थगित भएको हो ।

बालुवाटार निकट स्रोतकाअनुसार प्रधानमन्त्रीलाई सामान्य ज्वरो तथा जिउ दुखेकाले बैठक स्थगित गरिएको हो । प्रधानमन्त्रीलाई बिसन्चो भएपछि बैठक बस्न बालुवाटार पुगेका नेताहरु पनि फर्किएका छन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीको अस्वस्थ भएपछि बैठक औपचारिक एजेण्डामा प्रवेश नगरेको बताए ।

नेकपाले बिहीबार केन्द्रीय विभाग र जनवर्गीय संगठनको कार्यविभाजन टुंगो लगाउन बैठक बोलाएको थियो । प्रधानमन्त्री  सोमबार मात्रै  सिंगापुरबाट उपचार गरेर फर्किएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ