२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगौरीगंगा नगरपालिका–३ का वडाध्यक्ष शाहको कोरोना संक्रमणबाट मृत्यु

गौरीगंगा नगरपालिका–३ का वडाध्यक्ष शाहको कोरोना संक्रमणबाट मृत्यु


धनगढी– कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको निधन भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना असपतालमा १० दिन यता उपचाररत शाहको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

कडा खालको निमोनिया देखिएपछि कार्तिक १२ गते असपताल भर्ना भएका शाहलाई १७ गते कोरोना पुष्टि भएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।

संक्रमण पुष्टि भएपछि ७३ वर्षीय शाहलाई कोरोना अस्थायी अस्पतालमा सारिएको थियो । उपचारकै क्रममा शाहको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । शाह गौरीगंगा नगरपालिकाका प्रवक्ता समेत थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ