२०८२ जेठ १, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ६०६ जना सहित थप १२७२ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ६०६ जना सहित थप १२७२ जनामा कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकाका ६ सय ६ जना सहित थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ३१ जना पुगेको छ ।

यस्तै, एकैदिनमा १ हजार ५ सय ७५ जनाले कोरोना जितेका छन् । नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म १ हजार ५ सय ६७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा ८ हजार ३१ वटा पीसीआर परीक्षण गरिएको छ । यस्तै, हाल मुलुकभर गरेर ३ सय २८ जना आइसीयुमा र ५४ जना भेन्टिलेटरमा उपचाररत छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ