२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सह—प्रवक्ता चुरामणी पोखरेलका अनुसार झापा विर्तामोडकी ४५ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको हो ।

रियुमेटिक हर्ट रोगकी बिरामी ती महिलामा १९ मंसिरमा कोरोना पुष्टि भएको थियो । सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

सह—प्रवक्ता पोखरेलकाअनुसार उनको शव व्यवस्थापन विधिअनुसार हुँदैछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ