२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ४८४ सहित थप १०९६ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ४८४ सहित थप १०९६ जनामा कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकाका ४ सय ८४ सहित थप थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ।

यस्तै, आइतबार १ हजार ७ सय ५२ जना कोरोना मुक्त भएका छन्। यससँगै कुल निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९५ जनाको पीसीआर परीक्षण भएको छ। भने, हालसम्म १७ लाख ८४ हजार ५१९ जनाको पीसीआर परीक्षण भएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ