२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ४४२ सहित थप १०१४ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ४४२ सहित थप १०१४ जनामा संक्रमण पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकाका ४ सय ४२ सहित थप १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार १४ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ।

यस्तै, सोमबार १ हजार ६ सय २८  जना कोरोना मुक्त भएका छन्। यससँगै कुल निको हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार २  सय २० जनाको पीसीआर परीक्षण भएको छ। भने, हालसम्म १७ लाख ९०  हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण भएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ