२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कोरोना विरुद्ध खोप लगाउने विश्वको पहिलो व्यक्ति बनिन् बेलायतकी ९० वर्षीया किनान

कोरोना विरुद्ध खोप लगाउने विश्वको पहिलो व्यक्ति बनिन् बेलायतकी ९० वर्षीया किनान


बेलायतको उत्तरी आयरल्याण्डकी ९० वर्षीया वृद्धा फाइजर/बायोनटेकद्वारा निर्मित कोरोना विरुद्ध खोप लगाउने विश्वको पहिलो व्यक्ति बनेकी छिन्। मार्गरेट किनान नामक उक्त वृद्धाले खोप लगाएसँगै बेलायतमा सामूहिक खोप अभियान कार्यक्रमको सुरुवात भएको हो।

एनिस्किलेनमा बस्ने किनानले खोप लगाएपछि भनिन्, ‘एकदमै विशेष महसुस गरिरहेको छु। उनले कोभेन्ट्रीको युनिभर्सिटीमा खोप लगाएकी हुन्।  क्लिनिकल परीक्षण बाहिर खोप लगाउने किनान विश्वको पहिलो व्यक्ति बनेको बीबीसीले जनाएको छ।

बेलायतको औषधी कम्पनी एमएचआरएले पछिल्लो साता उक्त खोपलाई अनुमति दिएको थियो।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ