यौन समस्याले व्यक्तिको जीवनलाई मात्र नभई यसले दुई व्यक्तिबीचको आपसी निकटतालाई पनि असर गर्छ । जसकारण यसलाई व्यक्तिमा देखिने एक गम्भीर समस्याको रुपमा लिइन्छ । तर, खुशीको कुरा के छ भने यस विषयसँग सम्बन्धित थुप्रै अध्ययनहरु भइरहेका छन् ।
यस्तै, भर्खरै मात्र बेल्जियममा फेमिलि एन्ड सेक्सुल स्टडिज (परिवार र यौन अध्ययन) द्धारा गरिएको अध्ययनले भने बढ्दो उमेर क्रममा महिलामा फरक–फरक समस्याहरु देखा पर्ने निस्कर्ष निकालेको छ । ‘दि जर्नल अफ सेक्सुअल मेडसिन’ मा प्रकाशित सो जर्नल अनुसार, महिलामा यौनप्रतिको अरुचि, उत्तेजनाको कमी, सम्भोगको निम्ति तयार हुन नसक्नु तथा सम्भोगको दौरानमा पिडा हुनेजस्ता समस्या उनीहरुको बढ्दो उमेरको विभिन्न चरणमा देखा पर्छ ।
यसका साथै यी समस्याले प्रत्येक महिलालाई कुनै न कुनै रुपमा सताउने गरेको सो अध्ययनमा उल्लेख गरिएको छ । जसकारण पनि यस समस्यालाई महिलामा देखिने एक आम यौन समस्याको रुपमा लिइन्छ ।
अध्ययनका अनुसार बढ्दो उमेरमा महिलामा देखिने यौनप्रतिको अरुचि प एक आम समस्या हो । यो समस्या २० देखि २४ वर्षका महिलामा समेत देखिन्छ । यस उमेर समूहका कम्तिमा पनि १० प्रतिशतभन्दा बढि महिलामा यौनप्रति रुचि नहुने समस्या देखा पर्छ । यस्तै, २५ देखि २९ वर्षको उमेर समूहको २० प्रतिशत महिलालाई यस समस्याले सताउँछ ।
यद्यपि, यो समस्या ५०–६० वर्ष समूहका महिलामा पनि समान रुपले देखिन्छ । यस अध्ययनबाट के पनि थाहा हुन्छ भने यौनप्रतिको अरुचि वृद्ध उमेरका युवा महिलामा पनि उत्तिकै मात्रामा देखिने गर्छ । यद्यपि बढ्दो उमेरमा हुने मानसिक तनाव, विभिन्न औषधिको सेवन र गुरस्तरहिन जीवनशैलीका कारण महिलामा यस्तो समस्या देखा पर्ने गरेको तथ्य सो जर्नलमा उल्लेख गरिएको छ । यद्यपि यस्ता समस्यालाई कम गर्नका लागि भने महिलाले निम्न उपायहरु अपनाउन सकिन्छः
१. पौष्टिक आहारको सेवन गर्ने,
२. नियमित व्यायाम वा शारीरिक रुपमा सक्रिय रहने,
३. आसन परिवर्तन गर्ने,
४. सेक्स थेरापी(सम्बन्धित चिकित्सकसंगको परामर्श),
५. योनीलाई सुख्खा हुन नदिने,
६. र, पार्टनरसँग सम्बन्धित समस्याको बारेमा खुलस्त रुपमा कुरा गर्ने ।
-एजेन्सी ।