२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ४९६ सहित १०५६ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ४९६ सहित १०५६ जनामा कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा ४ सय ९६ सहित थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ५४ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ।

यस्तै, हाल सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ रहेको छ।

यस्तै, बुधबारमात्रै  १ हजार ४ सय ८३ जना कोरोना मुक्त भएका छन्। यससँगै कुल निको हुनेको संख्या २ लाख ३० हजार ५ सय ३७ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार २ सय ८६  जनाको पीसीआर परीक्षण भएको छ। भने, हालसम्म १८ लाख ५ हजार ९ सय ७२  जनाको पीसीआर परीक्षण भएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ