२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ४०४ सहित थप १२१७ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ४०४ सहित थप १२१७ जनामा कोरोना संक्रमण


काठमाडौं– काठमाडौं उपत्यकामा ४ सय ४ सहित थप १ हजार २ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार २ सय १७ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५  हजार ६ सय ५० पुगेको छ।

यस्तै, हाल सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ रहेको छ।

यस्तै, बुधबारमात्रै  १ हजार ६४ जना कोरोना मुक्त भएका छन्। यससँगै कुल निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३२ जनाको पीसीआर परीक्षण भएको छ। भने, हालसम्म १८ लाख १३ हजार २ सय ४   जनाको पीसीआर परीक्षण भएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ