कोभिड—१९ सँग लड्दा—लड्दैं संसार भ्याक्सिनतर्फ अगाडि बढेको छ । मंगलबार बेलायतमा यसको सुरुवात भएको छ । तर, भ्याक्सिन लगाएपछि के होला ? भ्याक्सिन कति प्रभावकारी हुनेछ ? यसबाट मानिसहरु कुन तरिकाले सुरक्षित हुनेछन् ? के भ्याक्सिन लगाएपछि हामी पुरानो लाइफमा फर्किन सक्नेछौं—जसमा न मास्क, न सेनिटाइजर र न सामाजिक दूरी हुनेछ ? अहिले यो प्रश्न सबैको मनमा छ ।
यो भ्याक्सिन न्यू म्यासेन्जर आरएनए यानी एमआरएनए टेक्नीकबाट बनाइएको छ । यो मानिसको हातबाट दिइनेछ । भ्याक्सिन लगाइसकेपछि द्रुत गतिमा हाम्रो रगतमा एबजर्ब हुनेछ । जहाँ यसले हाम्रो इम्युन सिष्टममा एन्टीबडी बनाउन मद्धत गर्नेछ । तीन हप्ताभित्र यसका दुई डोज दिएपछि भ्याक्सिनेटेड व्यक्तिको शरीरमा बनेको एन्टीबडी उसलाई कोभिड—१९ बाट बचाउनेछ । यो भ्याक्सिन अहिलेसम्म ९५ प्रतिशत प्रभावकारी सावित भएको छ ।
भ्याक्सिन लगाएपछि केही व्यक्तिलाई टाउको दुख्ने वा थकाइ लाग्ने समस्या आउन सक्छ । फाइजरले आफ्नो ट्रायलको दौरान भ्याक्सिनको दोस्रो डोज लगाएपछि ३.८ प्रतिशतमा थकान, २ प्रतिशतमा टाउको दुख्ने समस्या देखिएको थियो । ट्रायल गरिएकामध्ये जसमा भ्याक्सिनको विपरित प्रभाव देखिएको थियो, उनीहरुमध्ये अधिकांश वृद्ध र बढी उमेरका थिए ।
यो भ्याक्सिनले कस्तो प्रोटेक्सन दिनेछ ?
अमेरिकाको फुण्ड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए)ले मंगलबार फाइजरको यो भ्याक्सिको रिभ्यू गरेको छ । ५३ पेजको आफ्नो रिभ्युमा एफडिएले पहिलो डोज लगाउने बितिकै कोभिड—१९ को गम्भीर संक्रमणको खतरा टर्छ । पहिलो डोजपछि र दोस्रो डोजअघि कोरोना संक्रमण हुने खतरा कम हुन्छ । भ्याक्सिनको दोस्रो डोज लगाइएको कम्तिमा सात दिनपछि कोरोना संक्रमण हुने खतरा नै सकिन्छ । एडमिनिस्ट्रेशन आफ्नो रिपोर्टमा यो भ्याक्सिनलाई उच्च प्रभावी बताएको छ ।
के यो भ्याक्सिन लगाएपछि मास्क र सामाजिक दूरी जरुरी हुनेछ ?
फाइजरको यो भ्याक्सिन ट्रायलका क्रममा यो कुरामा फोकस गरिएको थियो कि कति भ्याक्सिन लगाएका व्यक्तिहरु कोरोना संक्रमित भए । भ्याक्सिन लगाएपछि पनि यस्तो आशंका छ कि भ्याक्सिनेड व्यक्ति संक्रमित भए र उसमा कोरोनाको लक्षण देखिएन । यस्तो भएमा यो एक साइलेन्ट भाइरस ट्रान्समिसनजस्तै हुनेछ, जो दोस्रोलाई संक्रमित गर्नेछन् । खासगरी, जो सामाजिक दूरीको पालना गर्दैनन् र मास्क लगाउन छोडछन् ।
सैनफोर्ड युनिभर्सिटीका इम्युनोलोजिष्ट माइकल तलले न्युयोर्क टाइम्ससँग भनेका छन्, ‘धेरैजसो मानिसहरु यस्तो सोच्छन् कि उनीहरुलाई भ्याक्सिन लगाइयो भने उनीहरु मास्क लगाउने र सामाजिक दूरी पालना गर्नु आवश्यक हुने छैन । तर, यस्तो हुने छैन । भ्याक्सिन लगाइपछि पनि उनीहरु कोरोना क्यारिअर बन्न सक्छन् ।’
वास्तवमा कोरोनाजस्तो श्वासप्रश्वास प्रणालीमा संक्रमण गर्ने भाइरस शरीरमा पुग्ने सबैभन्दा सजिलो माध्यम नाक हो । यदि भ्यासिनेटेड व्यक्ति दोस्रो पटक कोरोनाको सम्पर्कका आएमा उसको शरीरमा बनेको एन्टीबडी र उसको इम्युन सेल्स भाइरसलाई नाकमै रोकदिनेछ र भाइरस उसको शरीरको बाँकी हिस्सामा पुग्न सक्ने छैन् । तर, नाकमा रहेको भाइरस श्वासप्रश्वासका क्रममा वा हाछ्युका बेला दोस्रो व्यक्तिलाई संक्रमण गर्नेछ ।
के भ्याक्सिन लगाएपछि पनि बिना मास्कवाला जीवन फर्किने छैन ?
अहिलेसम्म कुनै पनि यस्तो प्रमाण छैन कि यो भ्याक्सिन कोरोना संक्रमण फैलिनबाट समेत रोक्छ । त्यसकारण यस्तै भन्न सकिन्छ । अर्को कुरा अहिलेसम्म जति पनि भ्याक्सिन ट्रायल भएका छन्, जो भ्याक्सिन इमर्जेन्सी प्रयोगका लागि अनुमति प्राप्त छन्, तिनमा कुनै पनि १०० प्रतिशत इफेक्टीभ छैनन् । वैज्ञानिकले भ्याक्सिन लगाएपछि पनि हात धुने, मास्क पहिरिने र सामाजिक दूरी पालना गर्ने सल्लाह दिइरहेका छन् ।
बेलायत सरकारका प्रमुख विज्ञान सल्लाहकार पैट्रिक वालेन्सले देशका नागरिकहरुलाई लापरवाहीबाट बच्न सल्लाह दिएका छन् । ‘द टेलिग्राफ’ सँग कुरा गर्दै पैट्रिकले भने, ‘यो कुरा सही हो कि हामी भ्याक्सिन लगाउने पहिलो देश बनेका छौं । यो निकै ठूलो कामयावी हो तर यसको मतलब यो विल्कुल होइन कि हामी लापरवाही गर्न सक्छौं । मेरो मान्नु यो छ कि हामीले अलग सर्दीमा पनि मास्क लगाउन पर्न सक्छ, यसका लागि तयार रहनुपर्छ । भ्याक्सिनका साथै मानिसहरु सावधानी राखेमा त्यो उनीहरुका लागि राम्रो हुनेछ ।’
दैनिक भास्करबाट भावानुदित