२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ विपी प्रतिष्ठानमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु

विपी प्रतिष्ठानमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सह—प्रवक्ता डा. चुरामणी पोखरेलकाअनुसार शुक्रबार राति १२ः३० बजे संखुवासभाका एक ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

१० मंसिरमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिनदेखि उनको प्रतिष्ठानको कोभिड—१९ अस्पतालमा राखेर उपचार सुरु गरिएको थियो ।

ती बिरामी दीर्घ रोगका बिरामी समेत रहेको अस्पतालले जनाएको छ । उनको शव व्यवस्थापन निर्देशिकाअनुसार भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ