२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथपिए ८ सय ३० जना कोरोना संक्रमित, १ हजार ५ सय जना कोरोनामुक्त

थपिए ८ सय ३० जना कोरोना संक्रमित, १ हजार ५ सय जना कोरोनामुक्त


काठमाडौं—देशभर ८ सय ३० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८ सय ३० जना कोरोना संक्रमित थपिएका हुन् ।

जसमध्ये ३ सय ३० जना महिला र ५ सय जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना जित्नेहरुको संख्या २ लाख ३१ हजार ७ सय ३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ