२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५२ जना कोरोना संक्रमितको भेन्टीलेटर र २९४ को आईसीयुमा उपचार हुँदैं

५२ जना कोरोना संक्रमितको भेन्टीलेटर र २९४ को आईसीयुमा उपचार हुँदैं


काठमाडौं—नेपालमा ५२ जना गम्भीर कोरोना संक्रमितहरुको भेन्टीलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिले देशका विभिन्न अस्पतालका भेन्टीलेटरमा ती संक्रमितहरुको उपचार भइरहेको हो ।

मन्त्रालयकाअनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा २४ जना गम्भीर कोरोना संक्रमितहरुको भेन्टीलेटरमा उपचार भइरहेको छ । यस्तै, प्रदेशमा १ मा १० जना, गण्डकी प्रदेशमा ९ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ३ जना, सुदूरपश्चिम प्रदेशमा १ जना गम्भीर
कोरोना संक्रमितको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

प्रदेशमा ३ मा भेन्टीलेटरमा उपचार हुने कोरोना संक्रमितको संख्या शुन्य छ ।

यस्तै, आइतबारसम्म देशभर आईसीयुमा उपचाररत कोरोना संक्रमितको संख्या २९४ पुगेको छ । जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १०७ जनाको आईसीयुमा उपचार भइरहेको छ ।

यस्तै, गण्डकी प्रदेशमा ८३ जना, लुम्बिनी प्रदेशमा ४६ जना, प्रदेश १ मा ३९ जना, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा ७÷७ जना र कर्णाली प्रदेशमा ५ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ