२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमस्या आए मुद्धा नहाल्ने सहमतिमा मात्रै कोभिड खोप उपलब्ध गराइने

समस्या आए मुद्धा नहाल्ने सहमतिमा मात्रै कोभिड खोप उपलब्ध गराइने


काठमाडौं—ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) ‘कोभ्याक्स सुविधा’ले कोभिड विरुद्धको खोप उत्पादन गर्ने कम्पनीहरुलाई मुद्धा नहाल्ने शर्तमा मात्रै खोप उपलब्ध गराउन सकिने बताएको छ । कोभिड विरुद्धको खोप नयाँ भएकाले प्रयोगमा कुनै पनि समस्या देखिए उत्पादक कम्पनीलाई सम्बन्धित देशले मुद्धा नहाल्ने शर्तमा मात्रै खोप दिन सक्ने बताएको छ ।

त्यसका लागि नेपाललाई पनि सहमति गर्न दबाब परेको छ । ‘कोभ्याक्स सुविधा’ले नेपालजस्ता गरिब देशका २० प्रतिशत जनतालाई २ डलरमा खोप उपलब्ध गराउने बताएको छ । त्यसका लागि खोप बजारमा आउँनु पूर्व नै सम्बन्धित राष्ट्रले दिने सहमति गर्नुपर्छ । नेपालले खोप चाहिन्छ भनेर सहमति पत्र पठाइसकेको छ । तर, अहिले फेरी मुद्धा नहाल्ने विषयको जवाफ माग भएको छ । त्यसका लागि कानुनी खाका नै तयार पार्नुपर्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारीले ‘कोभ्याक्स सुविधा’ले कोभिड विरुद्धको खोप नयाँ भएकाले उत्पादक कम्पनीले सुरक्षाको ग्यारेन्टी माग गरेको बताए । उनले भने, ‘दुई महिनासम्म खोप सुरक्षित छ भन्ने हुन्छ । तर, पछि गएर खोपले समस्या ग¥यो र मानिसको मृत्यु भयो भने त्यस्तो मुद्धा आफूलाई लाग्न हुँदैन भन्ने कुराको ग्यारेन्टी माग गरेको छ । त्यसमा छलफल जारी छ ।’

कम्पनीको सुरक्षाको ग्यारेन्टी नभए खोप किन दिने भन्ने ‘कोभ्याक्स सुविधा’ को कुरा आएको छ । मुद्धा नहाल्ने तर समस्या आए त्यसको अध्ययन गर्ने टिमले गहन अध्ययन गरेपछि कसको कमजोरी हो पत्ता लगाएर निर्णय गर्छ भन्ने पक्षमा सरकार पुगेको छ । यसका लागि स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवहरु सहभागी बैठकबाट निर्णय हुनेछ ।

हाल मोर्डना, फाइजर र एस्ट्राजेनेकाका खोप अन्तिम चरणमा छन् । यी खोपहरु डिसेम्बरसम्म बजारमा आउनेछन् । यी मध्ये कुनै पनि खोप नेपालले लिन सक्छ । तर, माइनस ७० को तयार भयो भने हाम्रो क्षमताले भ्याउँदैन । ‘ल्याए पनि धेरै ठूलो रकम खर्च हुन्छ,’ अधिकारीले भने । कोभ्याक्स सुविधाअन्तर्गत लिदा पनि धेरै रकम खर्च हुन्छ । रकम जुटाउन सरकारले विभिन्न प्रकारका कोषहरु तयार पारेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ