२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रसुती गृहमा कोभिड संक्रमित १४१ गर्भवती महिलाले सेवा लिए, ५४ जनाको शल्यक्रिया

प्रसुती गृहमा कोभिड संक्रमित १४१ गर्भवती महिलाले सेवा लिए, ५४ जनाको शल्यक्रिया


काठमाडौं—थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले कोरोना महामारीको समयमा १४१ जना कोभिड संक्रमित गर्भवतीलाई सेवा दिएको छ । देशका केही अस्पतालहरुले कोभिड संक्रमित गर्भवतीलाई सेवा नदिएका बेला प्रसुती गृहले ठूलो संख्यामा संक्रमितलाई सेवा दिएको छ ।

अस्पतालकी निर्देशक डा. संगीता मिश्रले संक्रमितमध्ये ५४ जनाको शल्यक्रियामार्फत बच्चा जन्माएको र ३९ जनाको सामान्य डेलिभरी भएको बताइन् । बाँकी संक्रमित गर्भवती महिलाले भने विभिन्न किसिमका सेवा लिएका थिए ।

अस्पतालले जनाएअनुसार संक्रमितहरु अधिकांश निजी अस्पतालबाट रिफर गरेर पठाइएको थियो । संक्रमित गर्भवतीमध्ये ७० प्रतिशत अलपत्र अवस्थामा प्रसुती गृह पुगेका थिए । नेपालकै पूरानो वीर अस्पतालमा पर्याप्त जनशक्ति हुँदाहुँदै कोभिडका बिरामीलाई सेवा नदिएका बेला सरकारले कोभिड अस्पताल नतोकेको प्रसुती गृहले भने उल्लेख्य मात्रामा सेवा दिएको देखिएको छ ।

देशभरका अस्पतालमा प्रसुती सेवा घटेको अवस्थामा प्रसुती गृहको सेवामा वृद्धि भएको स्वास्थ्य मन्त्रालयको एक तथ्यांकले समेत देखाएको छ । अस्पतालका चिकित्सक श्रीप्रसाद अधिकारीले भने, ‘निजी अस्पतालहरुले सेवा नदिएर प्रसुती गृहमा रिफर गरे । यदि उनीहरुले जस्तो हामीले पनि कोभिडको बाहनामा गर्भवती नहेरेको भए कयौं आमाहरुको मृत्यु हुने थियो ।’

प्रसुती गृहले यस्तो समस्या आउँने आशंका गरेरै २०० वेड आइसोलेशन तयार पारेको थियो । निर्देशक डा. मिश्रका अनुसार कोभिडका लागि एउटा शल्यक्रिया कक्ष छुट्याइएको छ । त्यस्तै ५० वेडको हाई डिपेन्डेन्सी सेवा सुरु गर्ने तयारी थालेको छ । प्रसुती गृहमा जम्मा ४८९ वेड रहेका छन् । ६० जना चिकित्सक र १७९ जना नर्सले सेवा प्रवाह गरिरहेका छन् । कोभिड व्यवस्थापन सिनियर चिकित्सकको भरमा चलेको छ । उनीहरुले जुनियर चिकित्सक जान दिएका छैनन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ