२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर ९३६ जना कोरोना संक्रमित थपिए

देशभर ९३६ जना कोरोना संक्रमित थपिए


काठमाडौं– नेपालमा ९ सय ३६ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ । पछिल्लो २४ घन्टामा थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४ सय ३८ रहेका छन् ।

पछिल्लो २४ घन्टामा १ हजार ९ सय ९६ जनाले कोरोना जितेका छन् । हालसम्म नेपालमा २ लाख ३८ हजार ५ सय ६९ जनाले कोरोना जितेका छन् ।

आज थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा १ हजार ७ सय ३० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ