२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रयोगात्मक अभ्यास पुरा नगरी पास भएका विद्यार्थीको नर्सिङ परिषद्ले नाम दर्ता नगर्ने

प्रयोगात्मक अभ्यास पुरा नगरी पास भएका विद्यार्थीको नर्सिङ परिषद्ले नाम दर्ता नगर्ने


काठमाडौं– पूर्वाञ्चल विश्वविद्यालयले बिएस्सी नर्सिङ र पिबिबिएन कार्यक्रम अन्तर्गतको अन्तिम परीक्षा तालिका सार्वजनिक गरेको भन्दै नेपाल नर्सिङ परिषद्ले ध्यानाकर्षण गरेको छ ।

प्रयाेगात्मक अभ्यास नगरी अन्तिम परीक्षामा सहभागी भएर परीक्षा दिने विद्यार्थीलाई परिषद्ले मान्यता दिन र नाम दर्ता परीक्षामा सामेल गराउन नसकिने भन्दै ध्यानाकर्षण गराएको हो ।

विश्वविद्यालयले ८ मंसिरमा बिएस्सी नर्सिङ र पिविबिए परीक्षाको तालिका सार्वजनिक गरेको थियो । तालिका सार्वजनिक भएसँगै परिषद्ले विश्वविद्यालय, प्रतिष्ठान र सिटीईभीटी जानकारी दिने भनी १६ मंसिरमा ध्यानाकर्षण सूचना निकाल्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ