२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सर्वोच्चमा परेको मुद्धा खारेज भएसँगै पिजीको परीक्षाका लागि बाटो खुल्यो

सर्वोच्चमा परेको मुद्धा खारेज भएसँगै पिजीको परीक्षाका लागि बाटो खुल्यो


काठमाडौं– सर्वोच्च अदालतमा परेको मुद्धा खारेजी भएसँगै पिजीको परीक्षाको बाटो खुलेको छ । अदालतमा पिजीको विदेशी कोटा, सरकारी, करार लगायतका विषयमा परेको मुद्धा खारेज भएसँगै पिजीको परीक्षा हुने बाटो खुलेको हो ।

आरक्षणका विषयमा पनि सर्वोच्चमा मुद्धा परेको थियो । यस मुद्धाको विषयमा भने निर्देशनात्मक आदेश भएको छ । चिकित्सा शिक्षा आयोगले यसअघि असोज २७, २७ र २९ गते पिजीको परीक्षा मिति तोकेको थियो । सर्वोच्चको अन्तरिम आदेश पछि उक्त परीक्षा स्थगित भएको थियो ।

मुद्धाका विषयमा मंसिर २९, ३० र पौष १ गते भएको बहसपछि पिजीको परीक्षा गर्ने खुलेको हो । आयोगले तयारी गरेको एमडीएस, एमपीएच, एमपीएचएन, एमडी र एमएस, एम एन, एमएमसी नर्सिङ, एम फर्मा, एमएससी, एमआइटी लगायतका विषयमा परीक्षा दिनका लागि ७ हजारभन्दा बढी विद्यार्थीले फर्म भरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ