२०८० मंसीर २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपिजीको इन्ट्रान्स १८, १९ र २० पुसमा

पिजीको इन्ट्रान्स १८, १९ र २० पुसमा


काठमाडौं—राष्ट्रिय चिकित्सा शिक्षा आयोगले दुई महिनादेखि अन्योलमा परेको पिजीको एकीकृत प्रवेश परीक्षाको मिति तय गरेको छ । बिहीबार आयोगले एक सूचना प्रकाशित गर्दै १८, १९ र २० पुसमा पिजीको प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको हो ।

सर्वोच्च अदालतमा पिजीको प्रवेश परीक्षालाई लिएर परेको मुद्धामा बुधबार टुंगो लागेको थियो । उक्त मुद्धा टुंगिएपछि आयोगलाई प्रवेश परीक्षा सञ्चालन गर्न बाटो खुलेको थियो ।

प्रवेश परीक्षा सञ्चालन गर्ने बाटो खुलेको भोलिपल्टै आयोगले प्रवेश परीक्षाको मिति निश्चित गरेको हो । यसअघि गत २६, २७ र २८ असोजका लागि तय भएको परीक्षा सर्वोच्चमा मुद्धा परेपछि रोकिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ