२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ डडेल्धुरा अस्पतालमा आईसीयु सेवा सुरू

डडेल्धुरा अस्पतालमा आईसीयु सेवा सुरू


धनगढी—डडेल्धुरा अस्पताल डडेल्धुराले आईसीयुसहितको उपचार सेवा सुरु गरेको छ। शुक्रबारदेखि अस्पतालले ११ वेडको आईसीयु र ६ वटा भेन्टिलेटरसहितको उपचार सेवा थपेको जनाएको छ ।

संघीय सरकारको बजेटमा १५ वटा आईसीयु सञ्चालन गर्ने भनिएतापनि भवन अभावका कारण हाललाई ११ वेडको आईसीयु सेवा सुरु गरेको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए।

स्थापना भएको ११ वेडको आईसीयू सञ्चालनका लागि जनशक्ति समेत उपलब्ध रहेको उनले बताए।

संघीय सरकारले आईसीयु सेवा विस्तारका लागि ३ करोडको बजेट उपलब्ध गराएको थियो।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ