२०८१ असार १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४६२० जनाको पीसीआर परीक्षण, ५८८ जनामा कोरोना संक्रमण

४६२० जनाको पीसीआर परीक्षण, ५८८ जनामा कोरोना संक्रमण


काठमाडौं– नेपालमा ४ हजार ६ सय २० जनाको पीसीआर परीक्षण हुँदा ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं उपत्यकामा २ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५३ हजार ७ सय ७२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा १ हजार ९७ जना कोरोना जितेका छन् । नेपालमा हालसम्म २ लाख ४३ हजार ६ सय ६४ जनाले कोरोना जितेका छन् । यो कुल कोरोना संक्रमितको ९६ प्रतिशत हो ।

आज थप ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालम १ हजार ७ सय ८८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ