२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेश : ८२ प्रतिशत संक्रमित कोरोना मुक्त

सुदूरपश्चिम प्रदेश : ८२ प्रतिशत संक्रमित कोरोना मुक्त

५२ संक्रमितको मृत्यु


काठमाडौं— सुदूरपश्चिम प्रदेशमा ८२.६ प्रतिशत कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा १३ हजार ८ सय २० संक्रमितमध्ये ११ हजार ४ सय २१ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ लाख ३३ हजार सय नमुना परीक्षण गरीएकोमा १०.३४ प्रतिशतमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो प्रदेशमा संक्रमितमध्ये १० हजार १ सय ७४ पुरुष संक्रमित भएका छन् । जुन संक्रमित मध्येको ७३ प्रतिशत हो ।

५२ जना कोरोना संक्रमितको मृत्यु

प्रदेशमा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । निर्देशनालयका अनुसार कैलालीमा २८ जना , कंचनपुरमा १० जना , डडेल्धुरामा ३ , बझाङमा ३ जनाको मृत्यु भएको छ ।

त्यस्तै , अछाममा २ ,दार्चुलामा २ , बाजुरामा २ , बैतडीमा १ र डोटीमा १ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ