२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना महामारीमा खटिएकी सिनियर अनमी भारतीको निधन

कोरोना महामारीमा खटिएकी सिनियर अनमी भारतीको निधन


काठमाडौँ – कोरोना संक्रमणबाट बाँकेमा १ स्वास्थ्यकर्मीको निधन भएको छ ।

बाँकेको वैजनाथ गाउँपालिका वडा नं ८ टिटरिया स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी रमा भारतीको संक्रमणका कारण निधन भएको वैजनाथ गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास प्रमुख लक्षमण राज शाहीले बताए ।

कोरोना महामारीमा शुरुका दिन देखि नै  स्वास्थ्यसेवामा खटिएकी उनलाई माघ १३ गते कोरोना संक्रमण भएपछि भेरी अस्पतालमा राखिएको थियो ।

मृतक भारती उक्त स्वास्थ्य चौकीमा ६ वर्ष देखि कार्यरत थिइन्। मृतकका श्रीमान् स्वास्थ्य कार्यालय बर्दियामा कार्यरत छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ