२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऐन निर्माणदेखि विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन कार्यक्रमसम्म

ऐन निर्माणदेखि विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन कार्यक्रमसम्म


धनगढी—सुदूरपश्चिम प्रदेश सरकार गठन भएको ३ वर्ष पुरा भएसँगै आफ्ना उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश सरकारले स्वास्थ्यतर्फका प्रमुख उपलब्धिमा वर्थिङ सेन्टर निर्माणदेखि स्वास्थ्य कार्यक्रम संचालन गर्न विभिन्न कार्यविधि तथा ऐन निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशमा आधारभूत स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यले ९ वटै जिल्लाका स्थानीय तहहरुसँग स्वास्थ्य कार्यालय समन्वय र सहकार्य गरी ३२ वटा प्रसुती केन्द्रको भवन, १६ वटा सहरी स्वास्थ्य केन्द्र भवन र १६ वटा सामुदायिक स्वास्थ्य इकाई भवन गरी कुल जम्मा ६४ वटा भवन निर्माण गरी (केही बहु—वर्षीय योजनामा समावेस गरी २०७७/७८ मा निर्माण कार्य भएको/भइरहेको) गरी स्थानीय तहलाई हस्तान्तरण गरिएको सरकारको प्रतिवेदनमा छ ।

प्रदेशले ८८ वटै स्थानीय तहमा महिलाको गर्भजाँच र समयमै जटिलता पहिचान गरी मातृ मृत्युदर घटाउन स्थानीय तहको सहकार्यमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम प्रदेशभरी विस्तार गरेको छ । जसअन्र्तगत प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा १ वटा पोर्टेवल अल्ट्रासाउण्ड र प्रत्येक स्थानीय १ स्वास्थ्यकर्मीलाई तालिम गरेको थियो ।

सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको उपलब्धता बढाउनको लागि विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रमअन्तर्गत प्रोत्साहन स्वरुप ३० लाख वितरण गरेको छ ।

प्रदेश सरकारले संघीय सरकारको सहयोगमा डोटी जिल्लामा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण सुरु गरेको छ ।

दातृ निकायसँग सहकार्य गरी स्वास्थ्य निर्देशनालयमार्फत कार्यान्वयन हुने गरी निक साइमन इन्स्टिच्युट नेपालसँगको सहकार्यमा स्वास्थ्य उपकरण मर्मत सम्भाार गर्न डोटीमा प्रदेशस्तरीय बायोमेडीकल इन्जिनियरिङ प्रयोगशालाको निर्माण कार्य भइरहेको छ ।

प्रदेश सरकारले २० वटा भेन्टिलेटरसहित आईसीयु सेटअपका उपकरण खरिद गरेर प्रदेशका बिभिन्न अस्पतालमा वितरण गरेको छ । यस्तै, १ सय २५ सैय्याको लागि हाइ डिपेन्डेन्सी युनिट इक्वीपमेन्ट खरिद गरेर विभिन्न अस्पतालमा वितरण कार्य भइरहेको सरकारको प्रतिवेदनमा छ ।

प्रदेश सरकारले अस्पतालको सेवा सुधार तथा गुणस्तरीय सेवा प्रदान गर्ने विभिन्न ऐन, कार्यविधि र निर्देशिकाहरु निर्माण गरेको जनाएको छ । जसमा सुदूरपश्चिम प्रदेश आयुर्वेद प्रतिष्ठान ऐन—२०७६, सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन—२०७६, गर्भवती र सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गर्ने सम्बन्धी कार्यविधि—२०७६, विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि—२०७६, सुदूरपश्चिम प्रदेश कोरोना भाइरस रोगको जोखिम निउन्त्रण उपचार तथा व्यवस्थापन कोष (स्थापना तथा संचालन ) निर्देशिका—२०७६, स्वास्थ्य कार्यक्रम संचालन निर्देशिका, अस्पताल सेवा सुदृढीकरण निर्देशिका र स्वास्थ्य तालिम तथा कार्यक्रम संचालन निर्देशिका रहेका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ