गृहपृष्ठ ∕ समाचार ∕ रुपन्देहीमा स्वाव परीक्षण गराएका ६३ प्रतिशतमा संक्रमण, एकै दिन ९ को मृत्यु रुपन्देहीमा स्वाव परीक्षण गराएका ६३ प्रतिशतमा संक्रमण, एकै दिन ९ को मृत्यु हेल्थ आवाज शनिबार, २०७८ वैशाख १८ गते, १९:०१ मा प्रकाशित बुटवल– रुपन्देहीमा पछिल्लो २४ घण्टामा स्वाव परीक्षण गराएका झन्डै ६३ प्रतिशतमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा संकास्पद ६ सय ९० जना मध्ये ४ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो ६२ दशमलव ६० प्रतिशत हो । रुपन्देहीमा मृत्यु हुने संक्रमितको संख्यामा समेत बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ । एकै दिनमा झन्डै साडे चार सयका दरले संकृय संक्रमित थपिदै जानु खतराको संकेत भएको चिकित्सक बताउँछन् । ‘अवस्था गंभीर हुदै गएको छ । सचेत हुनुपर्ने बेला छ, डा. सन्तोष भूषाल भन्छन्, ‘कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्टको संक्रमणको दर समेत तिव्र देखियो ।’ रुपन्देहीमा पनि बुटवल उपमहानगरपालिका भित्र धेरै संक्रमितहरु देखिएका छन् । बुटवलमा एकै दिन २ सय १४ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । रुपन्देही जिल्लामा मात्र अहिले सम्म सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ । रुपन्देहीमा नयाँ भेरियन्टको संक्रमण दर बढ्दै गएको पाइएको छ । नयाँ बर्षको दिन ३८ जना संक्रमित देखिएको रुपन्देहीमा ५ गते ६६ जनामा संक्रमण देखा परेको थियो । त्यसको तीन दिनमा बैशाख ८ गते संक्रमितको संख्या तीन अंकले बृद्धि भएको थियो । बैशाख ८ गते १ सय १८ जनामा संक्रमण देखिएको थियो । जिल्ला भित्र हुने गरेका विवाह, सेमिनार, गोष्ठी आदिका कारण पनि रुपन्देहीमा बैशाख १० गते २ सय २६ मा संक्रमण देखियो । पुगेको थियो । जिल्लामा निषेधाज्ञा जारी भए पनि संक्रमितहरुको संख्या भने लगाततर बढ्दै गई रहेको छ । जिल्लामा हाल ६९ जना कोभिड १९ सँग जुधिरहेका छन् भने ३ हजार २ सय १३ जना होम आइसोलेसनमा छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं… चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज, निवासमै आराम गर्ने डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन… रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ६ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ७ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया Kalpana Craft ट्रेण्डिङ लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन बालबालिकामा पनि हुन्छ क्यान्सर, कसरी थाहा पाउने ? यसबाट कसरी बच्न सकिन्छ ? किष्टले अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड प्रदान गर्ने सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन बालबालिकामा पनि हुन्छ क्यान्सर, कसरी थाहा पाउने ? यसबाट कसरी बच्न सकिन्छ ? किष्टले अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड प्रदान गर्ने सेप्सिस : लक्षण, कारण, रोकथाम र उपचार युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन