गृहपृष्ठ ∕ समाचार ∕ रुपन्देहीमा स्वाव परीक्षण गराएका ६३ प्रतिशतमा संक्रमण, एकै दिन ९ को मृत्यु रुपन्देहीमा स्वाव परीक्षण गराएका ६३ प्रतिशतमा संक्रमण, एकै दिन ९ को मृत्यु हेल्थ आवाज शनिबार, २०७८ वैशाख १८ गते, १९:०१ मा प्रकाशित बुटवल– रुपन्देहीमा पछिल्लो २४ घण्टामा स्वाव परीक्षण गराएका झन्डै ६३ प्रतिशतमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा संकास्पद ६ सय ९० जना मध्ये ४ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो ६२ दशमलव ६० प्रतिशत हो । रुपन्देहीमा मृत्यु हुने संक्रमितको संख्यामा समेत बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ । एकै दिनमा झन्डै साडे चार सयका दरले संकृय संक्रमित थपिदै जानु खतराको संकेत भएको चिकित्सक बताउँछन् । ‘अवस्था गंभीर हुदै गएको छ । सचेत हुनुपर्ने बेला छ, डा. सन्तोष भूषाल भन्छन्, ‘कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्टको संक्रमणको दर समेत तिव्र देखियो ।’ रुपन्देहीमा पनि बुटवल उपमहानगरपालिका भित्र धेरै संक्रमितहरु देखिएका छन् । बुटवलमा एकै दिन २ सय १४ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । रुपन्देही जिल्लामा मात्र अहिले सम्म सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ । रुपन्देहीमा नयाँ भेरियन्टको संक्रमण दर बढ्दै गएको पाइएको छ । नयाँ बर्षको दिन ३८ जना संक्रमित देखिएको रुपन्देहीमा ५ गते ६६ जनामा संक्रमण देखा परेको थियो । त्यसको तीन दिनमा बैशाख ८ गते संक्रमितको संख्या तीन अंकले बृद्धि भएको थियो । बैशाख ८ गते १ सय १८ जनामा संक्रमण देखिएको थियो । जिल्ला भित्र हुने गरेका विवाह, सेमिनार, गोष्ठी आदिका कारण पनि रुपन्देहीमा बैशाख १० गते २ सय २६ मा संक्रमण देखियो । पुगेको थियो । जिल्लामा निषेधाज्ञा जारी भए पनि संक्रमितहरुको संख्या भने लगाततर बढ्दै गई रहेको छ । जिल्लामा हाल ६९ जना कोभिड १९ सँग जुधिरहेका छन् भने ३ हजार २ सय १३ जना होम आइसोलेसनमा छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ सहयोग TFN ट्रेण्डिङ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर एमएनकी इन्ट्रान्स टपर मन्जु, जसले २० वर्षमै लोकसेवा पास गरेकी थिइन् रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति कलेजो यसको नाम, जानौं यसका काम भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर एमएनकी इन्ट्रान्स टपर मन्जु, जसले २० वर्षमै लोकसेवा पास गरेकी थिइन् रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति कलेजो यसको नाम, जानौं यसका काम भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा