२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ अर्को साताबाट ‘स्मार्ट लकडाउन’ हुने

अर्को साताबाट ‘स्मार्ट लकडाउन’ हुने


काठमाडौं – असारको दोस्रो साताबाट ‘स्मार्ट लकडाउन’ हुने भएको छ। कोभिड –१९ व्यवस्थापन निर्देशक समिति (सिसिएमसी)ले जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको हो।

समितिको बुधबारको बैठकले काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा कायमै राख्ने र त्यसपछिको अवस्था मूल्यांकन गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निस्कर्ष निकाले छ।

स्वास्थ्यको मापदण्ड पालना गरी दैनिक कार्यहरु सञ्चालन गर्ने, भीड कम गर्न तथा निषेधाज्ञालाई केही खुकुलो बनाउन विभिन्न उपायहरु अबलम्वन गरिनेस्मार्ट लकडाउनको अवधारणा रहेको बताइएको छ ।

यस्तै, समितिले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशिया जस्ता देशहरुमा हवाइ उडान पुनः संचालन गर्ने निर्णय गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ