२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा कोभिड-१९को थप नयाँ भेरियन्ट पुष्टि, सबै उमेर समूहलाई जोखिम

नेपालमा कोभिड-१९को थप नयाँ भेरियन्ट पुष्टि, सबै उमेर समूहलाई जोखिम


काठमाडौं – नेपालमा कोभिड-१९को थप नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी नेपालमा कोभिड-१९को थप नयाँ भेरियन्ट पुष्टि भएको जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार २६ वैशाख देखि २० जेठसम्म देशभरबाट विभिन्न उमेर समुहको सङ्कलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनको नेपालमा रहेको कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीमा रहेको आईजीआईबी मा सिक्वेन्सिङका लागि जेठ २६ गते पठाइएको थियो ।

सो नमुनाको जिनोमिक पहिचान गर्दा ४७ जमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन ‘के ४१७एन म्युटेशन’ भेटिएको थियो जसलाई एवाई.१ नाम दिइएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म यो म्युटेशन नेपालसहित विश्वका १० भन्दा धेरै देशमा पुष्टि भएको छ ।

यी पुष्टि भएका भेरियन्ट बढी संक्रामक र सबै उमेर समुहका व्यक्तिहरुमा असर पार्ने अध्ययनहरुले देखाएको मन्त्रालयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ