२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारइन्टेन्सीभ केयरको सबै तथ्यांक एकिकृत प्रणालीमा राख्ने सम्झौता

इन्टेन्सीभ केयरको सबै तथ्यांक एकिकृत प्रणालीमा राख्ने सम्झौता


काठमाडौं–नेपाल स्वास्थ्य अनुसन्धान परिषद र नेपाल इन्टेन्सीभ केयर रिसर्च फाउण्डेसनबीच इन्टेन्सिभ केयर सम्बन्धि एकिकृत डाटा रजिष्ट्रर गर्ने सम्झौता भएको छ ।

 

सोमबार परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञावली र फाउण्डेसनका अध्यक्ष डा. हेम राज पनेरुबीच सहकार्य गर्ने सम्झौता भएको हो । सो सम्झौतामा इन्टेन्सिभ केयर सम्बन्धि सम्पूर्ण  तथ्यांक एकै ठाउँमा उपलब्ध गराउनको लागि काम सुरु गर्ने उल्लेख छ । तथ्यांकहरु एकिकृत रुपमा संकलन हुन थाले पछि सो विषयमा अध्ययन अनुसन्धान गर्न सहज हुने परिषदका सदस्य सचिव डा. ज्ञावलीले बताए ।

 

एकिकृत तथ्यांक संकलनले देशभरका कुन अस्पतालमा कति आईसियू छन्, कति भेन्टीलेटर छन् त्यो एकै ठाउँबाट हेर्न मिल्ने उनको दावी छ ।

‘यो काम भएपछि कुन अस्पतामा कति आईसियू भेन्टीलेटर कति छन्? देशभरी कति छन् भनेर अनलाइनबाटै हेर्न सकिनेछ ।’, उनले भने ‘यसबाट एकै ठाउँबाट तथ्यांक लिन सकिन्छ भने अर्को अध्ययन अनुसन्धान गर्नको लागि तथ्यांक पनि एकिकृत रुपमा नै उपलब्ध हुन्छ ।’

सम्झौतामा प्रविधिक र व्यवसायिक दक्षता बढाउने पाटोमा परिषदले सहयोग गर्ने र तथ्यांक संकलन गर्न  विस्तृत काम फाउण्डेसनले गर्ने उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ