२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर २६३४ जनामा कोभिड-१९ पुष्टि, १५ जनाको मृत्यु

देशभर २६३४ जनामा कोभिड-१९ पुष्टि, १५ जनाको मृत्यु


काठमाडौँ – देशभर थप २ हजार ६ सय ३४ जनामा कोभिड-१९ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा कोभिड-१९ पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६५ जना संक्रमित निको भएका छन्। यससँगै नेपालमा कोभिड-१९बाट निको हुने संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ।

यस्तै, थप १५ जना संक्रमितले ज्यान गुमाएका छन्। नेपालमा हाल कोभिड-१९का कारण मृत्यु हुने संख्या ९ हजार २ सय ६३ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ