२०७८ असोज १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनबाट आज ८ लाख डोज खोप काठमाडौं आउदैं

चीनबाट आज ८ लाख डोज खोप काठमाडौं आउदैं


काठमाडौं—चीनबाट सरकारले खरिद गरेको ८ लाख डोज भेरोसेल खोप आज काठमाडौं आइपुग्ने भएको छ । शुक्रबार नेपाल एयरलाइन्सको वाइडबडीमार्फत खोप काठमाडौं आइपुग्नेछ ।

सरकारले चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये ८ लाख डोज खोप आज नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । ‘आज हामीले खरिद गरेको ४० लाख मध्येकै ८ लाख डोज आउँछ,’ उनले हेल्थआवाजसँग भने ।

सरकारले चीनसँग ननडिस्क्लोजेवल एग्रीमेन्ट गरेर ४० लाख भेरोसेल खोप खरिद गरेको छ । जसमध्ये यसअघि विभिन्न चरणमा गरी नेपाल एयरलाइन्सले खोप काठमाडौं ल्याएको थियो । खरिद गरेको खोपमध्ये यो अन्तिम खेप हो ।

यसबाहेक चीनले थप १८ लाख खोप अनुदानमा दिने घोषणा गरेको छ । उक्त अनुदानको खोप कहिले आउँछ त्यो भने निश्चित भइसकेको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)