२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुसा, उडुस मार्न त्रि.वि. शिक्षण अस्पतालले खोल्यो बोलपत्र

मुसा, उडुस मार्न त्रि.वि. शिक्षण अस्पतालले खोल्यो बोलपत्र


काठमाडौँ –  त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जले मुसा, साङ्ला र उडुस नियन्त्रण गर्न टेन्डर आह्वान गरेको छ । शुक्रबार अस्पतालले सूचना जारी गरी मुसा, साङ्ला, उडुस, उपियाँले सताएकोले मार्न सक्ने इच्छुकले कति रकम लिने हो खुलाइ गोप्य सिलबन्दी पेस गर्न टेन्डर आह्वान गरेको हो ।

परिसरभित्रका विभिन्न विभाग, शाखा, वार्ड, ओपिडी लगायत स्थानमा मुसा, साङ्ला, उडुस, उपियाँ मार्न सम्बन्धित विषयमा इजाजत प्राप्त आवश्यक कागजातहरू सहित इच्छुकले १५ दिन भित्र पेस गर्नुपर्ने बताइएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ