२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधी उत्पादक संघको अध्यक्षमा प्रज्वल जंग पाण्डे सर्वसम्मत

औषधी उत्पादक संघको अध्यक्षमा प्रज्वल जंग पाण्डे सर्वसम्मत


काठमाडौँ – नेपाल औषधी उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन्। एपोनको शुक्रबार भएको अधिवेशनले अध्यक्षमा प्रज्वल जंग पाण्डेलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

एपोनको नयाँ कार्यसमतिमा वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी र कोषाध्यक्षमा प्रभात चयन भएका छन्।

यस्तै,  सदस्यमा पृथ्वीराज भण्डारी, दिपक टिवेडवाल, सुदिप प्रधान, सुदर्शन खैगुली र गणेश पाठक चयन भएका छन्।

यसअघिको कार्यकालमा अध्यक्ष नारायण बहादुर क्षेत्री थिए।

पाण्डे विगत २३ वर्षदेखि निरन्तर औषधी उत्पादन तथा व्यवस्थापनमा लागिरहेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ