२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजीवनरक्षक औषधी नै छैन बजारमा

जीवनरक्षक औषधी नै छैन बजारमा


काठमाडौं—नेपाली औषधी बजारमा कोभिड–१९ संक्रमितलाई दिइने जीवनरक्षक औषधीहरु नै पाइन छाडेको छ । चिकित्सकहरुले औषधी सिफारिस गरेपनि ती औषधीहरु बजारमा पाउन हम्मे–हम्मे पर्छ ।

भारतले ब्ल्याक फंगसको लागि प्रयोग हुने औषधी एम्पोटेरीसीयन ‘बी’, ढुसीमा प्रयोग हुने औषधी र जीवनरक्षक औषधी टोसीलीजुमब ४०० एमजीको औषधी बजारमा चरम अभाव छ । औषधी व्यवसायीहरुका अनुसार जीवनरक्षक औषधी टोसीलीजुमब ४०० एमजी नेपाली औषधी बजारमा नै छैन ।

तर, चिकित्सकहरुले सो औषधी समेत सिफारिस गर्ने गरेका छन् । कालो ढुसी संक्रमण विरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’ औषधी ‘लाइपोजोमल एम्पोटेरिसिन–बी’पनि बजारमा पाउन सकस छ । औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले महामारीले क्रिटिकल केयरका औषधीहरुमा आत्मनिर्भर हुनुपर्छ भन्ने सिकाएको बताए ।

उनले भने, ‘यो महामारीले क्रिटिकल केयरका औषधीहरुमा आत्मनिर्भर हुनुपर्छ भन्ने कुरा सिकाएको छ । यसअघि भारतले कोभिड–१९ लाई प्रयोग हुने २० थरी औषधी निर्यातमा रोक लगाइएको थियो ।’

उनले सरकारले नेपाललाई औषधीमा आत्मनिर्भर गराउन प्रोत्साहन गर्ने बताए । केही समय भारतले रेम्डेसिभिर समेत निर्यातमा प्रतिबन्ध लगाएको थियो । कोभिड–१९ संक्रमितका लागि प्रयोग हुने २० थरी औषधीहरु समेत भारतले प्रतिबन्ध लगाएको थियो । औषधि आयातकर्ता पृथ्वीराज वैद्यले भोलि आइतबारसम्ममा स्वीटजरल्याण्डबाट टोसीलीजुमब ४०० एमजीको औषधी भित्रिने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #औषधीहरु बजारमा अभाव, #जीवनरक्षक औषधी अभाव, #ब्ल्याक फंगस


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ