२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप ३४५१ जनामा कोभिड-१९ पुष्टि, ३५ को मृत्यु

देशभर थप ३४५१ जनामा कोभिड-१९ पुष्टि, ३५ को मृत्यु


काठमाडौँ – थप ३ हजार ४ सय ५१ जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५१ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ५८ जना संक्रमित निको भएका छन् भने थप ३५ जना संक्रमितको निधन भएको छ । यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३ सय २७ पुगेको छ ।

पछिल्लो समय नेपालमा कोभिड संक्रमण र मृत्युदर बढ्दो क्रममा छ।

सोमबार सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ७१ रहेको छ । यस्तै, हालसम्म १५ लाख ८ हजार ३ सय ३५ जना नागरिकले कोभिड खोप लगाइसकेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)