२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाउँदै भारत

कोभिड खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाउँदै भारत


काठमाडौँ – भारतले अक्टुबरबाट कोभिड-१९ विरुद्धको खोप निर्यात गर्न सुरु गर्ने जनाएको छ। अक्टुबरको अन्तिम सातापछि भ्याक्सिन कम्पनीले भ्याक्सिन निर्यात गर्ने त्यहाँका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाले जानकारी दिएका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा जानुअघि बसेको बैठकमा कोभिड खोप निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय भएको  हो। सो भ्रमणमा खोपबारे चर्चा हुने सम्भावना रहेको बताइएको छ।

यसअघि दोस्रो चरणको लहर सुरु भएपछि भारतमै खोप आवश्यक हुन सक्ने भन्दै भारतले खोप निर्यातमा अनिश्चितकालीन रोक लगाएको थियो। कोभिड विरुद्धको खोप निर्माण गर्ने विश्वको सबैभन्दा ठुलो कम्पनी भारतमा छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोभ्याक्समार्फत छिमेकी देशहरुमा खोप पठाइने स्पष्ट पारेको छ।

‘भ्याक्सिन मैत्रीको’ रुपमा हुने निर्यात अभियानमा पहिला छिमेकी देशहरुलाई प्राथमिकता दिइनेछ। अप्रिल पछि खोपको उत्पादन दुई गुणा बढेको छ र आउने महिनामा ३ सय मिलियन भन्दा बढी उत्पादन हुनेछ,’ सो बैठकमा स्वास्थ्यमन्त्री मन्दाभियाले भने ।

नेपालले भारतसँग खरिद गरेको १० लाख कोभिशिल्ड खोप दिन बाँकी रहेको छ। भारतले प्रतिवन्ध हटाएसँगै नेपाललाई दिन बाँकी रहेको १० लाख खोप पनि चाडै आउने सम्भावना देखिन्छ।

-एजेन्सी 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ