२०८२ असार १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयस्तो छ एमालेको १० औं महाधिवेशनको स्वास्थ्य व्यवस्थापन टिम

यस्तो छ एमालेको १० औं महाधिवेशनको स्वास्थ्य व्यवस्थापन टिम


काठमाडौं—नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनमा स्वास्थ्य व्यवस्थापनका लागि स्वास्थ्य समिति गठन गरेको छ ।

उक्त स्वास्थ्य समितिको ३० कात्तिकमा बसेको बैठकले महाधिवेशनको स्वास्थ्य व्यवस्थापनका लागि ६ वटा उपसमितिहरु गठन गरेको छ । डा. केशव पौडेलको समन्वय तथा अनुगमनमा रहने गरी ६ वटा उपसमिति बनाइएको हो ।

रामहरि ढकाललको संयोजकत्वमा स्टल व्यवस्थापन उपसमिति, लीलाधर पौडेलको संयोजकत्वमा स्वास्थ्यकर्मी तथा एम्बुलेन्स परिचालन समिति, सुमन पौडेलको संयोजकत्वमा औषधी व्यवस्थापन समिति, डा. प्रतिक न्यौपानेको संयोजकत्वमा चिकित्सक परिचालन समिति, मधुरा सापकोटाको संयोजकत्वमा नर्सिङ व्यवस्थापन समिति र श्याम अधिकारीको संयोजकत्वमा प्रयोगशाला व्यवस्थापन समिति बनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ