२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ४३७ जनामा संक्रमण पुष्टि, २को मृत्यु

थप ४३७ जनामा संक्रमण पुष्टि, २को मृत्यु


काठमाडौं-नेपालमा थप ४ सय ३७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ सय ३७ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ९ लाख ७५हजार १ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ४ सय ५४ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ४८ हजार ७ सय ८४ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय १३ पुगेको छ ।

नेपालमा शुक्रबार १४ हजार ४ सय ३५ सक्रिय कोभिड संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ